www.tandavnews.com
Fact ~ In search of truth

सराङकोटका प्रहरीले पचास लाख ठगेको खुलासा

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१८ सराङकोट बाल सुधार गृहमा कार्यरत प्रहरी जवान सुमन अधिकारीले स्थानीयको ५० लाख भन्दा धेरै पैसा ठगि गरेको खुलासा भएको छ ।

सापट माग्ने र विदेश पठाइन्छु भन्दै अधिकारीले धैरै जनासँग रकम लिएको गुनासो कास्की प्रहरीकहाँ आएको हो । अहिले अधिकारी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

Batas

अधिकारीले विभिन्न व्यक्तिको रकम खाएको गुनासो आएपछि मंगलबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता तथा डिएसपी खड्कबहादुर खत्रीले बताए । ‘ठगि गरेको भन्ने गुनासो आएपछि नियन्त्रणमा लिएका हौ,’ उनले भने, ‘कति जनाको कति रकम खाएको भन्ने अझै खुलेको छैन् ।’ पीडितहरुले आज उजुरी दिने तयारीमा रहेको डिएसपीले बताए ।

रकम लिएर फिर्ता नदिएको भन्दै स्थानीय सुकमाया गुरुङ पनि जिल्ला प्रहरी कार्यालय कास्की पुगेकि थिइन् । उनको पनि अधिकारीले १५ लाख रुपैया खाएको सुनाइन् । उनी जस्तै धेरैको रकम ठगेको गुरुङले बताए ।

७–८ जना भन्दा धेरैसँग विभिन्न वहाना बनाएर रकम लिएर फिर्ता नदिएको हुनाले कास्की प्रहरीकहाँ गुहार माग्न बाध्य भएको एक स्थानीयले सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.