www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय स्केटबोर्ड च्यम्पियनसिप पोखरामा सम्पन्न

पोखरा ।

दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनसिपमा सम्पन्न भएको छ । प्रतियोगितामा १४ वर्ष भन्दा माथी उमेर समूह पुरुष सिनियर तर्फ काठमाडौंका गजेन्द्र वर्देवा प्रथम भएका छन् । त्यसै गरि कास्कीका समिर विल्सन द्वितिय र तेश्रो कास्की पेन्टोलिन शेर्पा तृतीय भए ।

यसै गरि १४ वर्ष भन्दा मुनी उमेर समूह पुरुष तर्फ काठमाण्डौका धिरज परियार प्रथम, कास्कीका सुमित गुरुङ द्वितिय र कास्कीका राजकुमार तृतीय भए ।

Batas

महिला तर्फ काठमाडौंका लोरिन राई र रेजिना मर्हजनले प्रतियोगितामा सहभागिता जनाए । उनीहरुले आफ्नो खेल प्रर्दशन गर्दै महिलाहरु समेत यस खेलमा आर्कषण रहेको सहभागिता गर्न सकिन्छ भन्ने सन्देश दिए ।

बिजेताहरु प्रथम र द्वितियलाई क्रमश नगद ५ हजार २ हजार ५ सयका साथमा १० हजार पर्ने स्केट बोर्ड र तृतीयलाई स्केटबोर्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला सहभागीहरुलाई प्रोत्साहान स्वरुप नगद र स्केट बोर्ड प्रदान गरिएको नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिएका छन ।

नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष खनालले नेपालमा स्केट बोर्ड खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादनका लागि संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाएको औल्याए । उनले सन् २०२० मा जापानमा हुने ओलोम्पिक खेलमा नेपालका तर्फबाट दुई जना स्केट खेलाडीलाई वाइल्ड कार्ड इन्टरी मार्फत सहभागिता गराइने बताए ।

पोखरामा स्केट खेलको माध्यमद्वारा पर्यटन पवद्र्धन गर्न प्रचुर सम्भावना रहेको र यहाँको अन्नपुर्ण स्केट पार्कलाई यथासिघ्र थप व्यवस्थित बनाउने समेत उनले बताए । पोखरा रंगशालाको स्केट पार्क विश्वकै दोश्रो नमुना र ठूलो मध्येको एक हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.