www.tandavnews.com
Fact ~ In search of truth

सुमन केसीको मुक्तक संग्रह ‘श्री’ विमोचन

पोखरा
ताण्डव न्यूज ।

सञ्चारकर्मी सुमन केसी को पहिलो मुक्तक सग्र्रह ’श्री’ को बिमोचन गरिएको छ । पोखरा बङ्मय प्रतिष्ठान कास्कीको आयोजना र मल्लाज पर्बत सम्पर्क समितिको सह–आयोजनामा श्रस्टा केसीका अभिवकद्वय कर्ण बहादुर केसी र सरस्वती केसीले संयुक्त रुपमा लोकार्पण गरे ।

साहित्यकार तथा नाटककार कृष्ण उदासीले श्रस्टा परिचय र कृति समीक्षा गरे । उदासीले ‘श्री’ बिशेष अर्थ राख्ने शब्द भएको र कृतिपनि बिशेष रहेको उल्लेख गरे ।

Batas

नेपाल पत्रकार महासंघ कास्की शाखीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जन्मथलो,कर्मथलो र सिर्जनाथलोलाई सम्झना गरेर लामो समय विदेश बसाई पछाडी नेपाल आएर आफ्नो माटोलाई साहित्यिक उपहार दिएकोमा खुशी व्यक्त गरे । स्रष्टा केसीले कृति बजारमा ल्याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गरे ।

पोखरा वाङ्मय प्रतिष्ठान कास्कीका अध्यक्ष देशभक्त सिँह कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संचारकर्मी अम्बिका राणाले गरेकी थिईन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.