पोखरा,
ताण्डव न्यूज
पर्यटन क्षेत्रको एक महत्वपूर्ण साहसिक खेल ‘क्यानोनिङ्ग प्रतियोगिता’ पोखरामा नयाँ वर्षको अवसरमा हुन लागेको छ ।
विरेठाँटी क्यानोनिङ्ग, रेष्टुरेन्ट एण्ड बारको आयोजना र पोखरा क्यानोनिङ्ग प्रालिको सह–आयोजनामा चैत २९ गतेदेखि बैशाख १ गतेसम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता अन्नपूर्ण गाउँपालिका– विरेठाँटी छहरामा हुनेछ ।

साहसिक खेल क्यानोनिङ्गको माध्यमबाट खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको पोखरा क्यानोनिङ्ग प्रालिका सञ्चालक राम गुरुङले जानकारी दिए । प्रतियोगितामा नेपालभरका ५० भन्दा बढी क्यानेनिङ्ग गाइडहरुको सहभागीता रहनेछ ।
प्राचीन व्यापारिक केन्द्र विरेठाँटी विविध कारणले ओझेलमा परेको अवस्थामा प्रतियोगिताबाट पर्यटन प्रवद्र्धन गर्न लागेको गुरुङले बताए ।
‘क्यानोङ्गि प्रतियोगिता बाहेक अन्य विविध साँस्कृतिक कार्यक्रम समेत समावेश गरिनेछ,’ उनले भने, ‘लाइभ कन्सर्ट, पुल डान्स, पञ्चेबाजा तथा स्थानीय कलाकारहरुबाट नृत्य प्रदर्शन सहित साँस्कृतिक कार्यक्रम गरिनेछ ।’
पाँच लाख खर्च हुने प्रतियोगितामा प्रथम, द्धितिय, र तृतीयहुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा समयको छनोटको आधारमा विजेता छुट्याइने गुरुङले बताए । ‘प्रतियोगिताले क्यानोनिङ्ग खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन हुनेछ,’ गुरुङले भने, ‘साहसिक खेलमा युवाहरुको आकर्षण बढ्ने अपेक्षित गरिएको छ ।’
विरेठाँटी क्यानोनिङ्ग सञ्चालक सुरेश गुरुङले हाल मासि २५ हाराहारीमा क्यानोनिङ्ग गर्न आउने गरेको बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.