www.tandavnews.com
Fact ~ In search of truth

आर्थिक समृद्धिका लागि कृषि उत्पादन : कृष्णबहादुर राउत

‘दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ ६१ औं राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेको यस सुखद अवसरमा म र मेरो सहकारी संस्थाको तर्फबाट सम्पूर्ण कृषक दाजुभाई तथा दिदीबहिनी एवं सहकारी सदस्य लगायत अभियन्ताहरुमा सुभकामना व्यक्त गर्दछु ।

मित्र मिलन कृषि सहकारी संस्था लिमिटेडले पाँच वर्ष अघि स्थापना भएर कृषि सहकारी सम्बन्धी गतिविधि र कारोबार गर्दै आइरहेको छ । कास्कीमा हाल ६२९ सहकारीहरु मध्येमा बचत तथा ऋण सहकारीको कारोबार गर्ने संस्थाहरु धेरै छन् । सहकारीका कुल संख्या मध्येमा पनि विषयगत सहकारीहरुको संख्या अत्यन्तै कम रहेको देखिन्छ । केही बहुउद्देश्यीय सहकारीको काम गर्ने पनि छन् जसले राम्रा काम गर्दै आइरहेका छन् ।

मित्र मिलन कृषि सहकारीको गतिविधि भन्नुपर्दा नेपालको संविधानले व्याख्या गरेअनुरुपको समाजवाद उन्मुख सामाजिक अर्थव्यवस्था अनुरुपलाई सघाउने किसिमको नै छ । हामीले गाउँ–गाउँमा भएका कृषकहरुलाई उत्पादन मार्फत आर्थिक समुन्नती तर्फ लैजानका लागि काम गर्दै आएका छौं । कृषकको बचत कृषककै हितमा लगानी गरिएको छ ।

Batas

हालैमात्र हामीले मादी गाउँपालिका–५ स्थित सुनपधेँलीको ३५ रोपनी जग्गामा १८ क्विन्टल आलुको बिऊ लगाउने काम भयो । सो कार्यमा मादी गाउँपालिका र पोखरा–लेखनाथ महानगर लगायत तीन वटा वडाका झण्डै सय घरधुरीका कृषकहरुलाई गोलबद्ध गराई आलु उत्पादनमा टेवा पुग्ने खालको काम गरियो ।

आलु उत्पादनका निमित्त हाम्रो संस्थाबाट कृषकहरुलाई बिऊ, मल, खनजोत, खेताला, हेरालो सहित सम्पूर्ण खर्चको शतप्रतिशत रकम वहन गरि आलु खेतीबाट उत्पादनको आधा आलु कृषकलाई छुट्टाएर पनि १५० क्विन्टल आलुलाई बजारीकरण गरियो ।

हामीले सहकारी र कृषकलाई अबको समयमा उत्पादनमा स्थानीयकरण गरिनुपर्दछ भनेर आलु खेतीको काम गरेका थियौ । हामीलाई कृषकहरुले दिनुभएको साथ माया र हौसलाबाट सहकारीको गरिमा उचो भएको हामीले पाएका छौं ।

मित्र मिलन कृषि सहकारीले आलु खेतीमा कृषकसँग सहकार्य गरिरहेको हुँदा गाउँका किसानहरु उत्साहित भएको पायौं । गाउँका किसानहरु उत्पादन क्षेत्रमा सहकारीसँगको सहकार्यतामा उत्साहित भएको पाउँदा हामी आगामी दिनहरुमा पनि विभिन्न उत्पादनका क्षेत्रहरुमा लगानी गर्न योजना बनाइरहेका छौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.