पोखरा ।
नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ बिहिवार देखि सुरु भएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाडौंको आयोजनामा भएको महोत्सव चैत ३० गतेसम्म विष्णुपादुका खेल मैदानमा हुनेछ ।
महोत्सवको उद्घाटन अघि हेमजा मिलनचोक देखि निकलिएको झाँकी सहितको ¥याली महोत्सव स्थलमा पुगेको थियो । ¥यालीमा यहाँका विभिन्न संघ संस्था, सहकारी, आमा समूह, क्लबको उल्लेख्य सहभागिता रहेको थियो ।
¥यालीमा वहुउद्देश्यीय किसान सहकारी संस्था प्रथम, देविस्थान कृषि सहकारी संस्था द्धितीय, माछापुच्छ«े सेवा समाज तृतीय तथा हेमजा नेवाः खल र देविस्थान भजन समूह सान्त्वना भएका थिए। ती संस्थालाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार, तीन हजार र प्रशंशा पत्र प्रदान गरिएको थियो ।
महोत्सवको उद्घाटन प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आलु महोत्सव यस गाउँको पहिचानको रुपमा रहेको बताए । ‘आलु महोत्सवले यहाँका किसानलाई प्रवद्र्धन गर्ने काम गरेको छ यसका लागि आयोजक धन्यवादको पात्र वनेको छ,’गुरुङले भने,‘यस प्रदेशलाई कृषि क्षेत्रको रुपमा विकास गर्न पनि आलु महोत्सव जस्तै अरु गाउँमा पनि आफ्ना पहिचान झल्किने कृषि कार्यक्रम हुन जरुरी छ ।’ कृषिलाई परम्परागत भन्दा पनि अव यान्त्रिक र आधुनिकरण तर्फ लैजानु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य रामजी बराल ‘जीवन’ ले उत्पादित वस्तुलाई वजारीकरण गर्न महोत्सव कोषेढुंगा सावित बनेको बताए ।
कार्यक्रममा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, नेपाल बैक लिमिटेड वगरका शाखा प्रवन्धक दिलीप थापा, महिला नगर समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङले बोलेका थिए ।
उदघाटनका कार्यक्रममा आलु महोत्सवलाई सहयोग गर्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ सुपरजोन तरकारी कास्कीका विज्ञ वीरेन्द्रबहादुर हमाल र वेनीबहादुर वस्नेत, प्रथम आलु महोत्सवका संयोजक धर्मराज बास्तोला र स्थानीय किसान जयराम तिमिल्सिनालाई ताम्रा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यसैगरी आलु कृषक गोकर्ण नगरपालिका– ४ काठमाण्डौका सन्तलाल श्रेष्ठलाई १५ हजार रुपैयाँ ताम्रा पत्र दोसल्ला र स्थानीय कृषक घनश्याम तिमिल्सिनालाई पाँच हजार रुपैयाँ, ताम्रा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै यस क्षेत्रमा नहर ल्याउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्व.ले. लालबहादुर थापालाई मरोणोप्रान्त सम्मान गरिएको थियो ।
महोत्सवको पहिलो दिन प्रजापति पराजुली, जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, प्रेमराज अधिकारी, शान्ति डोटेल, सरिता लामा र परशुराम अधिकारीको प्रस्तुति रहेको थियो ।
महोत्सवको शुक्रबार चर्चित गायक पशुपति शर्मा, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, लक्ष्मी नेपाली र तुलसा जिसीको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक मिलन बास्तोलाले जानकारी दिए । उनका अनुसार शुक्रबार वेलुका डिमोर्चा व्याण्ड र ओम गुरुङको पप कन्सर्ट रहनेछ ।
महोत्सवमा आलुको मुल्य प्रति केजी ३३ रुपैयाँ तोकिएको छ । महोत्सवमा टिकट काटी प्रवेश गर्ने दर्शकलाई प्रत्येक दिन एक जनालाई गोला प्रथाद्धारा २५ केजी आलु प्रदान गरिने छ । हेमजालाई व्यावसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहने छ ।
त्यसैगरी, खुल्ला एकल नृत्य प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट पनि महोत्सवको आकर्षणको रुपमा रहेको छ । महोत्सवमा रत्यौली प्रतियोगिता साथै राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुति र हास्य प्रहसन पनि रहने आयोजकले जनाएको छ ।
विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले स्वागत र महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।