www.tandavnews.com
Fact ~ In search of truth

लोकल कुखुरामा देखियो मुटु फुट्ने रोग, कृषकलाई १४ लाखको क्षति

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको महाशिला गाउँपालिका २ भोक्सीङमा अज्ञात रोगका कारण झन्डै ७ सय भन्दा बढी घर पालुवा अर्थात् लोकल जातका कुखुरा मरेका छन् ।

स्थानीय रेसम मल्लका अनुसार उनको घरमा पालिएका ६० सहित प्रत्येक घरमा कम्तीमा ३० देखि ४० ओटा सम्म कुखुरा मरेका छन् । सुरुमा कुखुरा झोक्राउने, टाउको सुनिने, जुरोमा पानी भरिने लक्षण देखिने र केही समयमै ती कुखुराहरू मर्ने गरेका छन् । लगातार कुखुराहरू मरेपछि कुखुरा पालक कृषकहरूले काटेर हेर्दा शरीरभित्र मुटु फुटेको, कलेजो च्यातिएको र फोक्सो सुकेको अवस्था देखिएको कृषक मल्लले बताए ।

Batas

स्थानीय सुकबहादुर बि.क.ले पूजा गर्ने भनेर चैते दसैँमा पोखराबाट कोईलर जातको ६ ओटा कुखुरा ल्याएकोमा ती कुखुराहरू मरेपछि तीनै कुखुराहरू सङ्क्रमित भएको हुन सक्ने र तीनैको रोग अरू कुखुरामा सरेको हुन सक्ने आशङ्का स्थानीयले गरेका छन् । व्यवसायिकता रूपमा कुखुरा पालन गर्दै आएका कृषकहरूले पालेका कुखुरा ठुलो सङ्ख्यामा मरेपछि उनीहरूले यसको समाधान खोज्नका लागि स्थानीय तहमा अनुरोध गरेका छन् ।

पशुपक्षी चिकित्सकले भने कृषकले बताएको लक्षण अनुसार उक्त रोग रानीखेत हुन सक्ने सम्भावना बढी रहेको र त्यो नभएमा हैजा हुन सक्ने बताएका छन् । चिकित्सक रामजी पौडेलका अनुसार यो समय रानीखेत रोग पैmलने समय हो । यदि रानीखेत रोग नै पैmलिएको भएमा खोपको माध्यमबाट अरू कुखुरा भने जागाउन सकिने र रोगको आधिकारिक पुष्टिका लागि पोखरामा लगेर प्रयोगशालामा परीक्षण गर्नुपर्ने उनको सुझाव छ ।

गाउँमा लोकल कुखुरा एउटैको मूल्य झन्डै २ हजार रुपैयाँ औसतमा पर्ने गरेको छ । यस अनुसार अज्ञात रोगका कारण कुखुरा मर्दा स्थानीय कृषकलाई झन्डै १४ लाख रुपैयाँको नोक्सानी भइसकेको छ । कुखुराको रोगको निदानको लागि स्थानीय प्रविधिका घरेलु औषधी प्रयोग गरिएको भए पनि त्यसले कुनै पनि प्रभाव नपारेको कृषकहरूले बताएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.