www.tandavnews.com
Fact ~ In search of truth

रामघाट काण्ड : कारवाहीको लागि छवीको ‘ २ ग्रेड’ रोक्न प्रस्ताव

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरका पूर्व राजस्व शाखा प्रमुख छवी शर्माको ग्रेड रोक्न सिफारिस गरिएको छ । रामघाटको राजस्व उठाउने कुरामा शर्माको भूमिका शंकास्पद देखिएपछि कारवाहीको दायरामा ल्याइएको हो ।

शर्मा सहित संलग्न कर्मचारीसँग यसबारे महानगर प्रशासनले नै स्पष्टिकरण सोधिसकेको छ । कर्मचारीको स्पष्टिकरण ,छानविन समितिको प्रतिवेदन समेत राखि महानगर प्रमुखले प्रमुख प्रशासकिय अधिकृतलाइ आवश्यक कारवाही प्रकृया अगाडि बढाउन निर्देशन गरेका थिए । त्यस लगतै कारवाहीको पहिलो चरण अन्तर्गत तत्कालिन राजस्व शाखाका अधिकृत छवीलाल शर्माको २ ग्रेड रोक्ने (दुई तलव बृद्धि रोक्का) गर्नको लागि कारवाही प्रस्ताव गरिएको छ,’ स्रोतले भन्यो,‘ यो भनेको २ वर्षसम्म तलबमान ग्रेड बृद्धी रोक्ने भन्ने हो । कानुन अनुसार छवीलाई नै यो कारवाही गरिदैछ भनेर स्पष्टिकरण तथा प्रस्ताव गर्ने हो, फेरी उनको सुनुवाईको मौका दिइन्छ । प्रस्ताव अनुसार उनले फेरी स्पष्टिकरण दिन्छन् , कार्यालय प्रमुखलाई स्पष्टिकरण चित्त बुझ्यो भने केही कारवाही नहुन पनि सक्छ यति चित्र बुझेन भने २ ग्रेड रोक्का या १ ग्रेड रोक्का गर्न पनि सक्छ । ’

Batas

अन्य दुई जना लेखा प्रमुख जयराम पौडेल र राजस्व प्रमुख गणेश पाण्डेको छानविन भइरहेको स्रोतले बतायो ।  रामघाटबाट महानगरले उठाउनुपर्ने राजस्वमा समयमै दाखिला हुन आएको नदेखिएपछि अख्तियार कार्यालय पोखराले समेत फाइल तानेको थियो ।

सम्बन्धीत न्यूज

रामघाट काण्डः महानगरका तीन कर्मचारी कारवाहीको दायरामा

पोखरा महानगरको ३ करोड काण्ड : कसले कारवाही गर्ने अटेरी ‘बाहुबली’हरुलाई ?

‘यि अनुहारलाई किन कारवाही गर्न डराएको महानगर ?’

ठेकेदार भर्सेस महानगर : ११ करोड उठाउन पोखरा महानगरले ठेकेदार विरुद्ध मुद्दा हाल्ने

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.