पोखरा
ताण्डव न्यूज ।
एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस पोखरा शाखाले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थी लक्षित गरी ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ कार्यक्रमको आयोजना गरेको छ ।
सर्भिसेसले चैत्र २५ (एप्रिल ८) गते एक्स्पर्टकै सभाहलमा सेमिनार कार्यक्रम हुने एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस पोखरा शाखा कार्यालय प्रबन्धक निर्देशक रमेशकुमार थापाले जानकारी दिए । सेमिनारमा एक्स्पर्टका चियर मेन बद्री अर्याल र ब्रिज बेन स्थित कार्यालयका प्रबन्धक होम पौडेल अरुण बक्ताको रुपमा रहनेछन् ।

बिहान ११ बजेदेखि सुरु हुने सेमिनारमा अष्ट्रेलियाका ख्याती प्राप्त विभिन्न ८ वटा शैक्षिक संस्थाहरु चाल्र्सस्टर्ट युनिभर्सिटी, टोरन्र्स युनिभर्सिटी अष्ट्रेलिया, मेलबनी इन्च्यिुट अफ टेक्नोलोजी, इसिए, टप एजुकेशन, क्युआइबीए कलेज, भिक्टोरिया युनिभर्सिटी, एपीआइसी कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितीमा विद्यार्थी तथा अभिभावकहरुले अष्ट्रेलियाका शैक्षिक संस्थाको गुणस्तर, खर्च, भिसा पोलिसी, अंगे्रजी भाषाको दक्षता सम्बन्धी जिज्ञासा राख्न पाउने थापाले जानकारी दिए ।
सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा प्रधान कार्यालयको स्थापना गरि नेपाल र विश्वका विभिन्न मुलुकहरुमा आफ्नो शाखा विस्तार गरिसकेको छ । एक्स्पर्टको हालसम्म २८ वटा शाखा कार्यालयबाट अष्ट्रेलियाका लागि विद्यार्थीहरुलाई निःशुल्क परामर्शसँगै भिसा प्रोसेसिङको लागि सेवा दिँदै आएको छ ।
एक्स्पर्टको अष्ट्रेलिया स्थित सिड्नीमा मुख्य कार्यालयसँगै मेलबर्न, ब्रिसवेन, एडिलेड, गोलकोष्ट, पारामाटा, क्यानभेरा, पर्थमा रहेका छन् भने नेपालमा काठमाण्डौं, चितवन, बुटवल, पोखरा, विर्तामोड, धनगढी, दाङ, नेपालगञ्ज, इटहरी, विराटनगर, कावासोती, रत्ननगर, हेटौडा, बंगलादेशको ढाका, हङकङ, नाइजेरिया, भारतको नोयडा, अहमदावाद, चण्डिगढको शाखाबाट हालसम्म ३० हजार भन्दा बढी विद्यार्थीलाई अष्ट्रेलियामा उच्च शिक्षाका लागि सेवा प्रदान गरिसकेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.