www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : सागको नाममा पार्किङमा ‘लुट’

पोखरा
ताण्डव न्यूज ।

पोखरा रंगशाला अगाडी रहेको रोयल कार वासले अवैध रुपमा पार्किङ शुल्क उठाएको छ । पोखरा महानगरपालिकासँग स्वीकृती नलिई कसैले पनि पार्किङको शुल्क उठाउन पाउदैन । तर कार वासले त्यहाँ रहेका ७०/८० वटा वाईकसँग धमाधम पार्किङ वापत २० रुपैयाँ उठाइरहेको छ ।

कार वासले पोखरामा जारी साग खेलको फाइदा उठाउदै पार्किङको नाममा सर्वसाधारणलाई लुटेको भन्दै विरौटाका विरेन्द्र श्रेष्ठले गुनासो गरे ।

Batas

‘एक त साग खेलमा टिकेटको व्यवस्था हुनै नपर्ने हो, त्यसैमाथी बाईक राखेको २० रुपैयाँ लिने ?,’ उनले भने, ‘२० रुपैयाँ दिएपछि चिट वा रसिद दिनु पर्ने, खाली कागज दिन्छन् । मनपरी छ ।’

पार्किङ शुल्क बापत दिइएको रसिद

रंगशालामा खेल हेर्न आउने दर्शक मात्र नभएर स्वयंसेवक पनि रकम तिर्न बाध्य छन् । पोखरा विद्युत कार्यालयका नरवहादुर र रंगशालामा खटिएको केही स्वयंसेवकले विरोध गरे । त्यसपछि त्यहाँ पार्किङको रकम उठाउन बसेको डिलबहादुर रोक्काले रोयल कार वासको साहुले नै रकम उठाउन लगाएको बताए । रोक्कासँग साहुको नम्बर माग्दा स्यवंले फोन गरिदिने भन्दै अटेर गरे ।

जर्बजस्ती पार्किङको रकम माग्दै

पार्किङ शुल्क उठाउन नपाउने भन्दै जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख तथा इन्स्पेक्टर सन्तोष रोक्काले तुरुन्तै प्रहरी खटाउने बताए । ‘त्यसरी रकम उठाउन पाउदैन,’ उनले भने । यस विषयमा पोखरा साग खेलका व्यवस्थापक राजेश गुरुङले आफ्नो क्षेत्र अधिकार वाहिर पर्ने बताए । ‘वाहिर उठाएको छ भने हामीले केही भन्ने मिल्दैन्,’ उनले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.