www.tandavnews.com
Fact ~ In search of truth

सारेगमको २१ दिने उद्घोषण तालिम

पोखरा,

सारेगम ईन्टरटेन्टमेण्ट हाउसको आयोजनामा २१ दिने उदघोषण तथा बोल्ने कला तालिमको समापन गरेको छ ।

बिगत ८ वर्ष देखी कला र संगीत मानब जिबनको आधार हो भन्ने मुल नारा का साथ स्थापित सस्था ले २१ दिनसम्म सारेगम ईन्टरर्टेन्मेन्ट हाउस को सभाहल मा सो तालिम सन्चालन गरेको थियो । सो तालिम मा बोल्ने कला, उदघोषण र नेतृत्व तथा व्यक्तित्व बिकास सम्बन्धी सस्थाका प्रशिक्षक सुशिल नेपाली प्रशिक्षण दिइएका थिए ।

Batas

२१ दिने उक्त तालिममा १० जना प्रशिक्षार्थी सहभागी भएका थिए भने समापन कार्यक्रम मा प्रशिक्षार्थी पार्बती कार्की, प्रकाशकुमार श्रेष्ठ, कल्पना पोख्रेल, प्रकाश आचार्य, अर्जुनकुमार लामिछाने , सुश्मा श्रेष्ठ, सुरेश सुनार, सोनाल तामाङ, राजु कुँवर तथा पुष्प कमल गौतम ले २१ दिन सम्म आफूले सिकेको कुरा अभिब्यक्त गरेका थिए ।

स्वतन्त्र पत्रकार सघ नेपाल का केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले बोल्ने कला अहिले को समयमा सबै क्षेत्र का ब्यक्तीलाई अति आवश्यकता हुने बताए । उनले पत्रकार राजनीतिक दल भन्दा माथी रहेर पत्रकारिता गर्नु पर्ने कुरा आउल्याउनु पर्ने ब्यक्त गरे । त्यस्तै जागरण अभियान नेपालका अध्यक्ष मोतिराज तिमील्सिनाले बोलीको माध्यम राम्रो भए मात्र जिवन उत्कृष्ट हुने जनाए ।

सारेगम ईन्टर्टेन्मेन्ट हाउस का प्रबन्ध निर्देशक सुशिल नेपाली को अध्यक्ष्यता मा सम्पन्न कार्यक्रममा सोही कला केन्द्रका कलाकारहरुले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए कार्यक्रमको सन्चालन सचिन रानाभाटले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.