www.tandavnews.com
Fact ~ In search of truth

महोत्सवमा आलुको स्वाद लिदै दर्शक

पोखरा,

नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ जारी छ । पोखरा हुने महोत्सव भन्दा भिन्न महोत्सव भएकाले पनि दशर्कहरु फरक मनोरञ्जन लिनका लागि पनि आलु महोत्सवमा सहभागिता बढाएका छन् ।

महोत्सवमा विभिन्न थरीका आलुका परिकारले पनि दशर्कको मन तानेको छ । महोत्सव पस्यो कि आलु । रेष्टुरेण्ट्र छिर्यो आलुकै परिकार । स्टेज तिर हेर्यो आलुकै माला । महोत्सवमा सहभागि कलाकार पनि आलुकै गुनगान । यसैले गर्दा पनि महोत्सव दर्शकको रोजाई बनेको छ ।

Batas

‘अरु मेला महोत्सव भन्दा पनि यहाँको महोत्सव भिन्न प्रकारको भएकोले पनि दर्शकहरुको चाप दिन प्रतिदिन बढेको छ’ विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले भने, ‘यहाँहरुको साथ सहयोगले नै महोत्सव सफल भएको छ ।’

महोत्सवको तेस्रो दिन सम्म महोत्सव भित्र वाहिर गरी २५ लाखको आलुको कारोवार र २५ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए ।

महोत्सव आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर्ण मनोरञ्जन लिएका थिए ।

महोत्सवमा शनिवार देखि रत्यौली प्रतियोगिता र खुल्ला एकल नृत्य प्रतियोगिता शुरु भएको छ । महोत्सव चैत ३० गते सम्म चल्ने छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.