www.tandavnews.com
Fact ~ In search of truth

एलजी कपमा आयोजक दुई टिमको जित

पोखरा ।

लालिगुरास युवा क्लब पोखरा द्वारा पोखराको अमरसिंह खेल मैदानमा दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्र्तगत दोश्रो चरणका खेलहरु बुधबार पनि जारी रह्याे ।

बुधबार सम्पन्न खेलबाट आयोजक टिम एलजी रेड र व्ल्याकले आ–आफ्नो खेल जित्दै प्रि क्वाटरमा प्रवेश गरेका छन । अन्य खेलमा डोब्रे फुटबल क्लब, संगम फुटबल क्लब, बुढीबजार फुटबल क्लब, बि थर्टिन बाँझापाटन र तारा फुटबल क्लबले आ–आफ्नो खेलमा जित हासिल गरेका छन ।

Batas

प्रतियोगितामा आयोजक संस्थाको एलजी रेडले बुद्धटोल फुटबल क्लबलाई २–० गोलले र एलजी व्लयाकले लेकसाइड युबा क्लबलाई २–० गोल अन्तरले पराजित गरे ।

त्यसै गरि डोब्रे एफसीले रामघाटलाई ५–२ गोलले, संगम फुटबल कलबले शुक्ला गण्डकी युबा क्लबलाई ३–० गोलले, बि थर्टिनले रंजन मेमोरियल लाई २–० गोलले, ताराले गैह«ापाटन युबा क्लबलाई ४–० गोल अन्तरले पराजित गरे । त्यसै गरि अर्को एक खेलमा टाइ–ब्रेकरमा बुढीबजारले नयाँ गाँउ युबा क्लबलाई ३–२ गोल अन्तरले पाखा लगायो ।

बैशाख १ गते सम्म अम्मरसिंह खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन ।

संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.