www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाइडिङ खेल एशियन गेममा नेपालको सहभागिता निश्चित

पोखरा ।

नेपालमा करिब दुइ दशक इतिहास बोकेको शााहसिक खेल प्याराग्लाइडिङ खेल आधिकारिक रुपमा एशियाली खेलमा परेपछि अब यो खेलले नयाँ ‘टर्निङ पोइन्ट’ पाएको छ ।

राष्ट्रिय खेलकुद परिषदको १०९ औं बोर्ड बैठकले आधिकारिक रुपमा निर्णय गरे पछि इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ तर्फ नेपालको सहभागिता निश्चित भएको हो । बोर्ड बैठक बुधबार सम्पन्न भएको हो ।

Batas

केही साता अघि मात्रै पोखरामा एशियाली खेलमा सहभागिता गराउनका लागि खेलाडीहरुको पूर्व छनौट गरि २० जनाको अन्तिम नामावली समेत घोषणा गरिएको थियो । प्याराग्लाइडिङ तर्फ नेपालले टिम क्रस कन्ट्री, टिम एक्युरेसी र इन्डिभिजुअल एक्युरेसी गरि तिन विद्यामा सहभागिता जनाउने छ ।

नेपालले यस अघि प्याराग्लाइडिङ खेलको सर्बोच्च संस्था एफएआइले मान्यता दिएका केही अन्तर्राष्ट्रिय खेलहरुमा खेलाडीहरुले सहभागिता जनाउँदै आएको छ । नेपालले कुल १० जना खेलाडीको सहभागिता रहने छ ।

साहसिक खेलमा महत्वपूर्ण स्थान ओगटेको र पर्यटन पवद्र्धनमा समेत मुख्य भूमिकामा रहेको प्याराग्लाइडिङ खेल एशियन खेलमा निश्चित भए पछि सम्वद्ध खेलाडीहरुमा कौतुहुलता छाएको छ ।

“हाम्रो अर्जुन दृष्टी पदकमा हो” क्रसकन्ट्रीमा सहभागिता करिब निश्चित भएका बिशाल थापा भन्छन–“हाम्रो प्रदर्शन अन्तर्राष्ट्रिय एरिनामा उच्च स्तरको नै छ र पदकमा हामी निश्चित छौ ।” उनले पनि ति खेलहरुमा उच्च स्तरको पर्दशन गर्दै पदक जितेका छन । चिन, भारत, इण्डोनेशिया सबै देशमा नेपालको झण्डा गाडेका छन ।

बिशाल थापाको प्याराग्लाइडिङमा सात वर्षको अनुभव छ । उनले अन्तर्राष्ट्रिय सात वटा खेलमा सहभागिता जनाइसकेका छन । उनले हरेक सहभागितामा पदक ल्याएका छन । क्रस कन्ट्रीमा उनको राम्रो अनुभब छ ।

कास्की ताङतिङका शेर बहादुर गुरुङ छ वर्ष देखि प्याराग्लाइडिङमा अनुभब संगालेको । उनी क्रस कन्ट्रीमा अनुभवी मानिन्छन । हालै पोखरामा सम्पन्न प्याराग्लाइडिङको एशियाली संस्था द्वारा संचालित एसिपिए च्याम्पिएनशिप स्र्पोट्स क्लास विद्यामा उनी प्रथम भएका थिए ।

नेपालका टिम क्यापटेन बिमल अधिकारी पनि नेपालले पदक पाउनेमा ढुक्क छन । “हाम्रो इन्डिभिजुअलमा भन्दा टिम इभेन्टमा एकदमै राम्रो छ, धेरै अन्तर्राष्ट्रिय सहभागिताले पनि यो प्रष्ट पारेको छ” उनी भन्छन “हाम्रो पुरानो अनुभवले पनि नेपाल पदक दावेदारको रुपमा रहन्छ ।” नेपाल अहिले एशियाली खेलमा सहभागिताका लागि प्रशिक्षणमा व्यस्त नै रहेको छ ।

नेपाल टिमका मुख्य प्रशिक्षक सानुबाबु सुनुवार अहिले खेलाडीलाई प्रशिक्षण दिन ब्यस्त छन । उनले खेलाडीको अन्तिम छनौट बैशाख ६ गते पोखरामा गर्ने बताए । एशिपिए च्याम्पिएनशिप अन्तर्गत सन २०१६ मा इण्डोनेशियामा र सन २०१७ मा चिनमा नेपालले क्रस कन्ट्री तर्फ क्रमश प्रथम र द्वितिय स्थान प्राप्त गरेको थियो ।

नेपालमा अहिले सम्म एक्युरेसी बिद्यामा राम्रो दख्खल राख्ने ऋषी पोडे मानन्छिन । उनको ल्याइडिङ्ग एक्युरेसी भरपर्दो भएकोले उनको पदकको सम्भावना उत्तिकै रहेको एशियाली खेलमा प्याराग्लाइडिङमा सहभागिताको लागि सम्पूर्ण जिम्मा लिएको आधिकारिक संस्था नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताए ।

त्यसका अलवा सोही बिद्या तर्फ कान्छो उमेरका खेलाडी १६ वर्षका युकेश गुरुङको पनि सहभागिता रहन सक्ने उनले बताए । युकेश हालै २०७४ को एसइइ परिक्षा दिएर बसेका छन । बैशाख ६ गते अन्तिम छनौट सम्पन्न भुने बित्तिकै नेपाली खेलाडीहरु क्लोज क्याम्पमा बस्ने मुख्य प्रशिक्षक सुनुवारले जानकारी दिए ।

एशियाली खेलमा सहभागी हुने खेलाडीलाई हरेक हिसाबले तयारी अबस्थामा राख्न संघले आफुना कार्यक्रम अघि सारेको महासचिब रावतले बताए । उनले खेलाडीलाई हावाको चाप बारे जानकारी गराउनका लागि जल तथा मौसम विभागका प्राविधिकले प्रशिक्षण दिने तयारी रहेको समेत बताए ।

“खेलाडीलाई प्राविधिक रुपमा हावाको चाप बारे ज्ञान दिनु अनिवार्य छ र त्यस्को तयारी हामी गर्दैछौ ।” त्यस बाहेक एशियन गेममा सहभागी हुनु पूर्व खेलाडीहरुले भारत र चिनमा समेत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन ।

चिनमा सन २०१८ को मे मा आयोजना हुने एशियन कन्टिनेन्टल प्याराग्लाइडिङ च्याम्पियनशिपमा क्रस कन्ट्रिमा नेपाली खेलाडीको सहभागिता हुने महासचिब रावते जानकारी दिए ।

त्यसै गरि एक्युरेसी तर्फ भारतमा २०१८ मे २६ मा हुने एक्युरेसीको सहभागिताले नेपाली खेलाडीलाई अनुभब संगाल्न र खेलस्तरमा क्षमता बढाउन महत्वपूर्ण हुने उनले बताए ।

यि दुइ खेलको सहभागिता र अनुभवले पनि नेपालको पदक सम्भावना रहने उनले विश्वास समेत व्यक्त गरे । छनौटमा परेका नेपाली खेलाडीहरुको खर्च पनि ठूलो रहेको र एक खेलाडी आफ्नो करिव ७ लाख पर्ने खेल सामाग्री किन्नु पर्ने बाध्यता समेत रहेको उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.