www.tandavnews.com
Fact ~ In search of truth

नेपाल लेखापढी कानुन व्यवसायीको ध्यानाकर्षण

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले चैत्र २५ गते मालपोत कार्यालय कास्कीबाट ६ जना लेखापढी व्यवसायी पक्राउ गरेको घटनालाई लिएर नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशनले आपत्ति जनाएको छ ।

पोखरामा बिहीबार नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशन कास्कीले पत्रकार सम्मेलन गरी घटना प्रति एशोसियशनको आपत्ति रहेको एशोसियशनका अध्यक्ष अम्बर बहादुर कार्की (अनिल)ले जनाए ।

Batas

‘राज्य अभिलेख प्रणालीमा प्रवेश गरेसँगै लेखापढीहरुले राज्यका नियमनकारी निकायका कार्यसम्पादनमा सघाउँदै आएको छ,’ उनले भने, ‘कुनै अपराध नै गरे जसरी सरकारी कार्यालयमा लेखापढी प्रवेश ग¥यो भन्ने आरोपमा व्यवसायी समातिनु खेद पूर्ण छ ।’

कार्यालय समयमै प्रहरी प्रवेश गराई सेवाग्राहीको काम सम्पन्न गर्नको लागि काजगात लिई रहेको अवस्थामा बिना सूचना प्रहरी द्वारा पक्राउ गरिएको बताउँदै अध्यक्ष कार्कीले दोस्रो दर्जाको नागरिकको हैसियतमा लेखापढी व्यवसायीलाई व्यवहार गरिनु अस्वभाविक भएको बताए ।

लेखापढी कानुन व्यवसायी केन्द्रीय सदस्य हरिप्रसाद शर्माले आफूहरुले संस्थागत रुपमा नै कानुन व्यवसायीहरुलाई कानुन सम्मतका कामहरु गर्न मात्र निर्देशन गरिरहेको स्पष्ट पारे ।

प्रहरी र प्रशासनले कास्की मालपोतबाट एकलौटी तवरले धरपकड गरी लेखापढी व्यवसायी समातेको प्रति एशोसियशनले घटनालाई गम्भीरता पूर्वक लिएको शर्माले जनाए ।

सरकारी से्रस्ता प्रणाली परम्परागत शैलीको भएको बताउँदै केन्द्रीय सदस्य शर्माले लेखापढी व्यवसायी विना धेरै कामहरु कार्यसम्पादन गर्न असहज हुने गरेको बताए ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै एशोसियशनले व्यवसायीलाई थप मर्यादित र भरपर्दो बनाउन एशोसियशनले भूमिका निर्वाह गरिरहेको जनाए ।

चैत्र २५ गते पक्राउ परेका ६ जना लेखापढी व्यवसायीलाई एशोसियशनको रोहवरमा थुनामुक्त गरिएको अध्यक्ष कार्कीले बताए ।
लेखापढी एशोसियशन कास्कीमा हालसम्म २७५ जना आबद्ध छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.