www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकीमा बेपत्ता भए संगम र आयुश 

पाल्पा(रासस)

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।

Batas

बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताउनुभयो ।

बेपत्ताको खोजीकार्य जारी रहेको पनि उहाँले बताउनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.