पोखरा
ताण्डव न्यूज ।
कलाकार बुद्धी तामाङसँग ताण्डवको चटपटे गफ
एक दिनको लागि प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?

हा…हा.. । एक दिन अचानक कसरी प्रधानमन्त्री भए भनेर छक्क पर्छु होला । दिनभरी छक्क पर्दै बस्छु ।
तपाई कलाकार नभई पहलमान भको भए कोसँग लड्नु हुन्थयो ?
सबभन्दा पहिला त तपाईँसँगै लड्थे कि क्याव जस्तो लाछ । हा..हा । एक दिनको लागि मात्र प्रधानमन्त्री बनाइदिने । कि चार पाँच दिनको लागि बनाइदिएको भए नि हुन्थ्यो नि । हा..हा ।
बिहान उठ्ने बित्तिकै लिंग परिवर्तन भएर महिला हुनुभयो भने के गर्नु हुन्छ ?
हँ. कसरी यस्तो भयो भनेर अझै धेरै छक्क पर्छु ।
तपाइको नजरमा सबैभन्दा हाँसो लाग्दो मान्छे को ?
त्यस्तो हासो लाग्ने मान्छे त छैन् । हासो लाग्ने भन्ने बित्तिकै उठाउनु जस्तो हो त्यस्तो छैन् । कोही देखेर खुशी भको त छन् तर हाँसो लाग्ने मान्छे छैन् ।
मरेर भूत हुनभयो भने कोकसलाई तर्साउनु हुन्छ ?
देशको विकास गर्छु भनेर भोट दिएर पनि जितेर काम नगरेका सबै नेतालाई छानी–छानी तर्साउँछु ।
पहिलो प्रेम कहिले भयो ?
धेरै पहिले । कहिले हो कहिले… ।
सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ ?
संसारिक आवश्यक चिज हो ।
तपाई कस्तो प्रकृतिको मान्छे ?
म सोझो टाइपको मान्छे ।
तीन अभिनेत्रीलाई चुम्बन गर्ने अवसर आयो भने क–कसलाई गर्नुहुन्छ ?
त्यस्तो कोही पनि छैन् । सातो जान्छ ।
फोटो : अमित रञ्जित
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.