www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि

पोखरा ।

प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६/७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराए ।

Batas

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि रु ९२ लाख छुट्याइएको छ । सरकारले छुट्टै अफ्सेट प्रेस सञ्चालनका लागि विनियोजित रु एक करोडमध्येबाट सो रकम रकमान्तर गरी मोटरसाइकल खरीदका लागि दिने निर्णय भएको मन्त्री बस्नेतले बताए ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.