www.tandavnews.com
Fact ~ In search of truth

अनुसन्धानमा अब्बल एसपी सिंह

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

कास्कीमा एसपी अशोक सिंह आउनुपुर्व नै उनको कार्यशैलीको तरंग पहिल्यै आइसकेको थियो । कडा अनि मिजासिलो स्वभावका एसपी सिंह जब आए, चर्चा अनुसार नै काम गर्न थाले ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न कुनै सम्झौता नगर्ने प्रहरी मध्येको रुपमा चिनिन्छन् एसपी सिंह । उनका केही अनुसन्धान र काम यस प्रकार छन् :

Batas

१. अबैध भारु बोक्ने पक्राउ

०७४ असोज १६ गते ११ बजे बुद्ध एयरको फ्लाइट नं ६१२मा पोखराबाट काठमाण्डौ जान लागेका भारत पश्चिम बंगाल कोलकताका ३६ वर्षीय कृस्नेदु बेनर्जी पक्राउ परे ।

झोलामा अबैध रुपमा भारतिय नोट छन् भन्ने गोप्य सुचनाको आधारमा कास्की प्रहरीले खानतलासी गरी पक्राउ गरेको थियो ।

उनको साथबाट भारु २००० दरको नोट २१२ र ५०० दरको नोट २१७ गरी जम्मा भारु ५,३२,५०० रकम फेला परेको थियो ।

त्यसपछि ती भारती नागरीकलाई लाई अनुसन्धान गरी थप आबश्यक कार्वाहीको लागी राजश्ब अनुन्धान बिभाग काठमाण्डौ पठाईएको थियो ।

२.पैसा उठाएर फरार भएकि देव कुमारी भुजेल पक्राउ

स्याङजा फेदिखोला गाउपालिका वडा नं २ भाटखोला घर भई पोखरालेखनाथ महानगरपालिका वडा नं १४ स्वागतनगर चाउथे बस्ने बर्ष ३८ कि देव कुमारी भुजेल (थापा) ले चिनजानका व्यक्तिहरुसँग पैसा उठाइन् ।

घर जग्गा खरिद बिक्री लगायत समस्या परेको भन्दै उनले पैसा मागेकि थिइन् ।

ठुलो रकम संकलन गरेकी देव कुमारी रकम फिर्ता नदिई ठगी गरी आफ्नो घर समेत बिक्री गरी सम्पुर्ण परिवार सहित फरार भइन् । फरार पश्चात् पिडितहरु कास्की प्रहरीमा लिखित उजुरी दिए ।

उजुरी आएपछि कास्की प्रहरीले सुक्ष्म रुममा अनुसन्धान सुरु गर्यो । अन्ततः ०७४ असोज १९ गते देवी कुमारी पक्राउ परिन् ।

उनका श्रीमान् लक्ष्य बहादुर थापा र घटनामा संलग्न दण्डपाणी शर्मा समेतलाई पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरेको थियो ।

उनिहरु मध्ये दण्डपाणि शर्मा १ लाख ५० हजार धरौटीमा छुटे भने देवी भुजेल र उनका श्रीमान् लक्ष्य थापा पुर्पक्षको लागि कारागार चलान गरिएको थियो ।

३. हत्यारा पक्राउ

०७४ पौष २७ गते सराङकोटमा २७ वर्षीय आङलाप्पा सेर्पाको हत्या भयो । आङदावा शेर्पा घाइते अवस्थामा भेटिए । उनिहरु सराङकोट स्थित निर्माणधिन सराङकोट माउन्टेन् रिसोर्ट एण्ड स्पा भवनको भुईतल्ला कोठामा भेटिएका थिए ।

कास्की प्रहरीले अनुसन्धानबाट २३ वर्षीय सागर भनिने पुर्ण बहादुर लिम्बुले मोबाइलको निहुँमा हत्या गरेको पत्ता लगायो । अभियुक्त लिम्बुलाई धनकुटाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

४. फिरौती माग्ने पक्राउ परे

०७४ पौष २५ गते प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को २का सभासद बिन्दु कुमार थापा, घरजग्गा व्यवसायी कालु गुरुङ , बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई
फोन मार्फत धम्की आयो । उनिहरुले कास्की प्रहरीमा मौखीक उजुरी दिए ।

प्रहरीले उजुरी पाउनासाथ अनुसन्धान सुरु गरे । मनोज पुनको मान्छे हुँ भन्दै धम्की दिएर पैसा माग्नेहरु अन्ततः प्रहरीको पञ्जाबाट उम्किन सकेनन् । घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । उनिहरुको अनुसन्धान भइरहेको छ।

५. सामाजिक सञ्जाल मार्फत ठगि गर्ने समातिए

कास्की तथा अन्य छिमेकी जिल्लाका बिभिन्न ब्यक्तिहरुलाई सामाजिक सञ्जाल ( भाईबर, ईमो तथा म्यासेन्जर) बाट २५ लाख रुपैयाको चिट्ठा पर्यो भन्दै ठग्नेलाई कास्की प्रहरीले समात्यो ।

उनिहरुले ‘तपाइको छोराछोरी तथा परिबारलाइ सुन तथा नगद पठाएको छु ’ भन्दै अन्दाजि १ करोड ३० लाख भन्दा बढी ठगी गरेका थिए ।

उनिहरुलाई नगद दुई लाख एक हजार सहित प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सयुक्त टोलिले कास्की,पाल्पा र धनुषा प्रहरी को सहयोगमा धनुषाबाट पक्राउ गरिएको थियो ।

५. प्रहरी फन्दामा मोटरसाइकल चोरहरु

पछिल्लो समय कास्की लगायत छिमेकी जिल्लाहरुमा मोटरसाइकल बढि हराउन थाल्यो । पार्किङ देखि घरमै राखिएका मोटरसाइकल हराउन थाले ।

प्रहरी कार्यालयमा यसबारे धेरै नै उजुरी पर्न थालेपछि सुक्ष्म अनुसन्धान अगाडि बढायो । सोही अनुसार, चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि वेचविखन गर्ने गिरोहहरु सक्रिय रहेको भन्ने सुचनाको आधारमा ७४ चैत १० गते बिहान नदिपुर स्थित फिल्महलको पार्किङमा मोटरसाइकल चोर्दै गरेको अबस्थामा २ जना पक्राउ परे ।

पक्राउ परेकाहरुलाई सोधपुछ गर्दै जादा,सम्पुर्ण कार्यहरु भिमाद गाउपालिका बडा नं ६ बस्ने २२ वर्षीय दिबस रानालाई मोटरसाइकलसा दिने गरेको बयान दिए ।

त्यसपछि दिबस रानालाइ पोखरालेखनाथ महानगरपालिका वडा नं २७ बाट पक्राउ गरीएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.