www.tandavnews.com
Fact ~ In search of truth

सस्तो बजारलाई महँगो कारवाही होला त ?

पोखरा, ताण्डव न्यूज
ईश्वर देवकोटा/अर्जुन गिरी

पोखराको फुटपाथ व्यवस्थापन गर्न २०६९ सालमा एउटा योजना बन्यो । तत्कालीन नगरपालिकाले उद्योग बाणिज्य संघ पोखरा लगायत सबै निकायसँग समन्वय गरेर फुटपाथ व्यवसायीहरुलाई उचित ठाँउ तोकेर सारियो ।

पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार पनि एक थलो बन्न पुग्यो । नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जग्गामा केही फुटपाथ व्यवसायीहरुले भाडा तिरेर व्यवसाय सुरु गरे ।

Batas

त्यही ठाउँको निगमले गत बर्ष टेन्डर खोल्यो । गुन्डा नाइके राजु गोर्खालीको सूर्य दिल गुप्र इन्भेष्टमेन्ट कम्पनी प्रालिले टेन्डर पा¥यो ।

प्रालिले टेन्डर पारेपनि व्यवसायीलाई हटाउन निकै गाह्रो प¥यो । पोखरामा गुन्डा नाइके राजुको बाघडोर धादिङका युवराज खतिवडाले समाले । सरकारको जग्गा भएको हुनाले त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीले सोझै निगमसँग भाडा तिरेर व्यवसाय गर्न पाउनु पर्ने माग राख्दै व्यवसायीहरु पोखरा सस्तो बजारकै गेटमा धर्ना बसे ।

करिब २ महिना जती व्यवसायीले आन्दोलन गर्दा व्यवसायीहरुको लाखांैको सामान भित्र नस्ट भयो । व्यवसायीको माग जाहेज रहेको भन्दै विप्लव पक्षका माओवादीले समेत व्यवसायीलाई साथ दिए ।

यही विषयले गर्दा ठेकदार युवराज खतिवडाको ज्यान समेत झण्डैं गएन । बजारको विवाद चरम उत्कर्षमा पुगेपछि खतिवडा माथि आक्रमण भयो । आक्रमणमा परेका युवराजको दाइने खुट्टा अप्रेशन गरि स्टील हालिएको छ ।

त्यसपछि युवराजले आफ्नो कम्पनीले नियम अनुसार टेन्डर हालेर जग्गा लिएको हुनाले तत्कालिन समयमा जिल्ला प्रशासन कार्यालय कास्की उनकै पक्षमा थियो । युवराजलाई डर देखाउन सस्तो बजार अघि सकेट बम पनि राखियो ।

त्यति हुँदा पनि प्रहरी प्रशासनको साथ पाएका युवराज पछि हटेनन् तर अन्दोलन गरिरहेका व्यवसायीले हार माने ।

कानुनको साथ पाएर जग्गा हत्ताएको गुन्डा नाइके राजु गोर्खालीको आडमा कम्पनीले अहिले कानुनलाई नै नजरअन्दाज गरि भवन बनाएको छ । कम्पनीले महानगरपालिकालाई अटेर गर्दै अनुमती लिएको भन्दा धेरै तला थप्ने काम ग¥यो ।

पटक–पटक ताकेता गर्दा पनि युवराजले महानगरपालिकालाई विभिन्न वहानामा अल्झाई रहेका छन् । अहिले सस्तो बजार विरुद्ध कडा कारवाही गर्न महानगरपालिका किन खुट्टा कमाई रहेको छ भन्ने विषयमा महानगरबासी अच्चममा परेका छन् ।

यसरी विना अनुमती भवन बनाउनेलाई कारवाहीमा ल्याउन नसक्नु ठूलै आर्थिक चलखेल हुनुपर्ने महानगरपालिका स्रोतले बतायो ।

‘सबैलाई कारवाहीको दायरामा ल्याउने महानगरपालिकाले गुण्डा नाइकेको कम्पनीलाई कारवाही नगर्दा गलत नजिर बस्न सक्छ,’ उनले भने, ‘भवन पूरै मापदण्ड विपरित छ ।’ गुण्डा नाइकेको आडमा युवराजले महानगरपालिकालाई अटेर गरेको स्रोतको दाबि छ ।

‘अटेर गर्ने पनि सिमा हुन्छनी महानगरपालिकाले ८–९ पटक बोलाउँदा पनि चित्त बुझ्दो जवाफ ल्याएको छैन,’ उनले भने, ‘कार्यकारीले कारवाही गर्न खुट्टा कमाएका छन्, अनि मेयर साब अल्लि कडा नहुँदा यस्तो भएको हो ।’

हुन पनि कार्यकारी दीर्घनारायण पौडेलले एक महिना अघि ताण्डव न्यूजले कुराकानी गर्दा युवराजकै पक्षमा बोलेका थिए ।

‘विना अनुमती युवराजले तला थपेको हो ?’ भनेर प्रश्न गर्दा कार्यकारीले ‘प्रक्रियामा आएका छन्’ भनेर गोल मोटल जवाफ दिएका थिए । तर त्यही काम गर्ने एक इन्जिनियरले प्रक्रियामा नआएको जवाफ दिएका थिए ।

त्यस्तो जवाफ दिने इन्जिनियरलाई आगामी दिनमा पत्रकारलाई कुनै जवाफ नदिनु भनेर निर्देशन समेत कार्यकारीले दिए । अहिले ती कर्मचारीहरु कार्यकारीको डरले सस्तो बजारको मात्र होइन् अन्य प्रश्नको उत्तर दिन पनि मान्दैनन् ।

महानगर भित्र कुनै पनि स्थायी संरचना वा भवन बनाउँदा महानगरपालिकाले निर्दिष्ट गरेको भवन आचारसंहिता अनुरुप नै भवन बनाउनु पर्ने प्रावधान छ ।

तर अहिले युवराज खतिवडाले बनाएको ३ तला भवन ठूलो कमजोरी भएको प्रस्ट देखिन्छ जुन कुरा युवराज खतिवडाले पनि स्वीकार गरेका छन् । एक उनले आचारसंहिता अनुसार भवन बनाउदा ४० प्रतिशत खुल्ला ठाउँ छाड्नु पर्ने थियो त्यो गरेका छैनन् । अर्को उनले बनाएको संरचना कमजोर छ जसले गर्दा माथिल्लो तला फलामले धान्न सक्दैन् ।

भवन आचारसंहिता अनुसार केही गल्ली भएको युवराज खतिवडाले बताए । ‘सुधार्न मिल्ने गल्ती म सुधार्छ तर अन्य गल्ती महानगरले हेर्दिनु प¥यो,’ उनले भने, ‘खुल्ला ठाँउमा राख्नुपर्छ भन्ने मलाई थाहानै भएन् ।’

यदि युवराजले मापदण्ड अनुसार काम नगरे कानुन बमोजिम कारवाही गर्ने कार्यकारी दीर्घनारायण पौडेलले बताए । ‘खुल्ला ठाँउ हुनैपर्छ,’ उनले भने, ‘नत्र महानगरले सम्पन्नता पत्र दिदैन् ।’ अन्य मापदण्ड पनि पालना गर्नुपर्ने कार्यकारीले सुझाए ।

‘त्यो माथिल्लो तलालाई थप्छ कि थप्दैन भनेर विज्ञको अनुमती पत्र हुनुपर्छ,’ उनले भने, ‘युवराजले ल्याएको विज्ञले मात्र होइन हाम्रो प्राविधिकले पनि भनेपछि मात्र स्वीकृत हुन्छ ।

त्यसपछि स्वीकृत भएपनि अनुमती विना तला थपेकोमा १ रुपैयाँदेखी ५ लाखसम्म जरिवाना हुन्छ ।’ यदी मापदण्ड पूरा भनिएको खण्डमा कारवाही प्रक्रिया अलग हुने कार्यकारीले बताए ।

‘तलै थप्दैन भने युवराज आफैले भवन भत्काउनुपर्छ,’ उनले भने, ‘ नत्र मेयर साबको आदेश अनुसार हामीनै भवन भत्काउने छौ ।’

‘अटेर गरे भत्काइन्छ’

मेयर मानबहादुर जिसी

 पोखरा सस्तो बजार प्राविधिक रुपले उपयुक्त छैन भन्ने आएको छ । महानगरपालिकाले तोकेको प्रावधान अनुसार सस्तो बजार निर्माण भएको छ भने ठिक छ नत्र भत्काउनै पर्छ ।

महानगरपालिकामा बस्छु भन्ने व्यवसाय नी गर्छु भन्ने तर नियम नमान्ने हुन्छ ? महानगरपालिका ७ पटक भन्दा धेरै बोलाएर यस विषयमा छलफल भएको छ ।

दुई पटक त मैले नै भेटेर मापदण्ड अनुसार कागजात पत्र ल्याउन भनेको छु । मापदण्ड अनुसार पूरा भएन भने कुनै पनि हालतमा भवन सम्पन्नता दिने छैन । अन्तिम विकल्प भनेकै भत्काउनु हो ।

धेरे व्यवसायी सस्तो बजारमा भएको हुनाले महानगरपालिकाले भत्काउन सक्दैन भन्ने हल्ला मैले सुनको छु । तर यस्तो हुदैन मापदण्ड अनुसार भएन भने उसैले भत्काउनुपर्छ नत्र हामी भत्काउने छौ ।

‘नियम अनुसार जरिवाना तिर्नेछु ‘

युवराज खतिवडा
सञ्चालक
सूर्य दिल गु्रप इन्भेष्टमेन्ट कम्पनी प्रालि
पोखरा सस्तो बजार

 महानगरपालिकाबाट हामीलाई ताकेता आएको हो । समस्या कहाँ निर देखा प¥यो भने हामीले बजारको जिम्मेवारी लिदा २१७ जना व्यवसायी हुनुहुन्थ्यो । बजार लिई सकेपछि बजारलाई भत्काएर पुनः निर्माण गर्नुपर्ने देखियो ।

व्यवसायीहरु अलपत्र अवस्थामा पुग्नुभयो । व्यवसायीहरुले छिटो भन्दा छिटो बनाउ भनेर दबाब सिर्जना गर्नुभयो । अहिले हामीले बजार सञ्चालनमा ल्याए पछि पुराना व्यवसायी मध्ये १९० जना व्यवसायीलाई यथावत व्यवसायमा सञ्चालनको लागि पोखरा सस्तो बजारमा व्यवस्थापन गरेका छौं ।

छिटो बनाएर सकाउने ध्याउन्नमा प्राविधिक ज्ञान हामीसँग भएन । पछाडिको भवन हामीले लगभग बनाइसकेका थियौ । नक्सा पास प्रक्रियामा जानुपर्छ भन्ने कुरा आयो । अगाडिको भवनको केही समय पछि गरौंला भन्ने मानसिकता बन्यो ।

त्यसपछि नक्सा पास पक्रियाको लागि के–के प्रक्रिया आवश्यक छ भन्ने सन्दर्भमा हामी इन्जिनियरिङ कन्सल्टेन्सीमा गयौं । इन्जिनियर कन्सल्ट्यान्ससँगको सल्लाहमा व्यवसायीक भवनहरुको लागि बस्ती विकास, सहरी योजना तथा भवन निर्माण आचार संहिता अनुरुप कुल जग्गाको क्षेत्रफलमा ६० प्रतिशत भन्दा बढी भवन निर्माण गर्न नपाइने ४० प्रतिशत अनिवार्य खुला छोड्नुपर्ने सल्लाह आयो ।

मैले महिनाको १२ लाख १० हजार राज्यलाई बुझाउनु पर्दछ । करिब १ करोड ७६ लाख रुपैयाँ भाडा अग्रिम बुझाइसकेको छु । निर्माणको लागि करोडौं रुपैयाँ लगानी गर्नुपर्ने छ । भवन निर्माण संहिता अनुसार त मलाई जग्गा नपुग्ने भयो । मैले नियमअनुसार भवन बनाउँदा त ठेक्का नै चलाउन नसक्ने स्थिती आउने भयो ।

पार्किङ छोड्ने सन्दर्भमा बीचमा मोटरसाइकलका लागि पार्किङ एरिया छोड्ने । अगाडिको भागमा पनि सडकबाट जति छोड्नुपर्ने हो त्यति छोड्ने भनेर सोही अनुसार निर्माण गरिएको छ । अगाडि भागमा रहेको दुई वटा भ¥याङ मापदण्ड विपरित भएको भनेर मैले झिक्ने तयारी गरेको छु । भवनको पछाडि पट्टीको हकमा भने अस्थायी संरचना निर्माणमा यो सेटब्याक लागू हुँदैन भन्ने कुरा आयो ।

पछाडिको भवनको लागि अस्थायी संरचना निर्माण अनुसार भवन नक्सा पास प्रक्रिया पूरा गरियो । तर अगाडिको पनि नक्सा पास गर्नुपर्ने देखियो । समस्या यहाँ देखिएको हो । मैले पूरै ठेक्का दिए ठेकेदारले भवन बनाए मलाई प्राविधिक ज्ञान भएन ।

महानगरबाट नक्सा पासका लागि जग्गाको कुल हिस्सामा भवनले ६० प्रतिशत भन्दा बढी नओगटेको हुनुपर्ने प्रावधान छ भनियो । तर हाम्रो भवनले कुल क्षेत्रफलको ९० प्रतिशत ओगटेको छ । तीन तला भनेपनि अब दुई तला भन्दा माथि जाने छैनौं । माथि क्यान्सिल नै गरिसक्यौं ।
भवनको भार वहन क्षमतामा पनि मैले प्राविधिक विज्ञलाई देखाइसकेको छु । उहाँले रिपोर्ट नै बनाउनु भएको छ ।

भवनले भार वहन गर्न सक्ने क्षमता राख्दछ भन्ने कुरा प्राविधिक विज्ञबाट पनि आइसकेको छ । तर जोइनिङमा केही सामान्य त्रुटि देखिएकोले उहाँहरुले ¥याक्टो फिटिङ गर्नुपर्ने सल्लाह दिनुभएको छ । मैले जोइनिङमा ¥याक्टो फिटिङको काम गरिरहेको छु ।

अब प्राविधिकको सल्लाह अनुसार भवनको काम सकेर महानगरमा भवन नक्सा पासको लागि जानेछु । र, मेरो कमजोरी रहेको खण्डमा राज्यको अनुसार जरिवाना तिर्नेछु ।

व्यवसायीको धरौटी धरापमा

पोखरा सस्तो बजारमा व्यवसायीहरुले साढे १ लाख देखि १५ लाखसम्मको धरौटी तिरेका छन् । हुन पनि युवराज खतिवडाले पहिलो पत्रकार सम्मेलनमा धरौटी लिएको स्वीकार गरेका थिए ।

पत्रकार सम्मेलनमा दिएको विज्ञप्ती अनुसार पहिलो तल्लामा ७५ प्रतिशत स्टल (सटर) भाडामा गएको र दोस्रो तल्ला निर्माणकै क्रममा २५ प्रतिशत बुकिङ भएको थियो ।

मापदण्ड विपरित निर्माण भएको भन्ने खुल्न आएपछि अहिले व्यवसायीहरु ठूलो धर्म संकटमा परेका छन् । धरौटी पच हुने हो की भनेर व्यवसायीहरु चिन्ता व्यक्त गर्न थालेका छन् । केहीले छाडेर जाने तयारी गरेपनि परिबन्धमा परेका कारण छाड्न नसकेको आवाज यति बेला नजानिदो रुपमा गुन्जिन थालेको छ ।

युवराजले केही व्यवसायीसँग धरौटी लिएपनि कागजात भने दिएका छैनन् । हुन त धरौटी लिनै नमिल्ने भनेपनि युवराजले धमाधम धरौटी लिन थालेका छन् । ताण्डव न्यूजसँगको कुराकानीमा आफूले धरौटी लिने गरेको युवराजले खुलाए । ‘मैले साढे १ लाखदेखि १५ लाखसम्म धरौटी लिएको छु,’ उनले भने, ‘भाडाको हकमा भने ७ हजारदेखि साढे २२ हजारसम्म लिएको छु ।’

कुनै पनि व्यवसायीसँग धरौटी लिन नमिल्ने पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । ‘धरौटी लिन मिल्दैन, युवराजले मनपरि लिएको छ भन्ने सुनेको छु,’ उनले भने, ‘कानुनी रुपमा धरौटी लिने प्रावधान छैन ।’

यस बिषयमा व्यवसायी पनि सचेत हुन मेयर जिसीले आग्रह गरे । ‘यस्तो काम रोक्न व्यवसायीको पनि ठूलो दायित्व र भूमिका रहन्छ,’ उनले भने, ‘व्यवसायीले खुलेर हामीलाई यति धरौटी मागेको छ र यति भाडा लिएको छ भन्नुपर्छ ।’

लिने र दिने दुवै अफ्ठ्यारोमा पर्न सक्ने मेयरले बताए ।

‘अहिले व्यवसायीले हामीलाई जानकारी गराए भने युवराजलाई कानुनी दायरामा ल्याउने छौं,’ मेयरले भने, ‘अहिले सबै कुरा थाहा पाए पो त्यो अनुसार अघि बढ्न सजिलो हुन्छ, नत्र पछि दुवै पक्षलाई गाह्रो हुन सक्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.