www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेटःसात डाक्टरसँगै ज्यान जानेको संख्या २४ सय बढी

काठमाडौं ।

चीनमा कोरोना प्रकोप दिनदिनै बढीरहेको छ । महामारीको रुप लिएको कोरोनाबाट चीनमा ज्यान जानेको संख्या २ हजार ४ सय नाघेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।हिजो(मंगलबार) एकैदिन चीनमा कोरोना भाइरसबाट १ सय ३६ जनाको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

कोरोना भाइरस संक्रमणबाट चीनको वुहानमा एक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । उपचारका क्रममा वुहानस्थित वुछाङ अस्पतालका निर्देशक लिउ चमिङको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले जनाएको छ । योसँगै कोरोना संक्रमणको कारण चीनमा मृत्यु हुने डाक्टरको संख्या मात्रै सात पुगेको छ।

बुधबार बिहानसम्म विश्वभर ७५ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। अहिलेसम्म चीनमा कोरोना संक्रमितको संख्या ७४ हजार एक सय ८५ पुगेको छ।

कोरोना भाइरसका कारण चीनमा मात्रै दुई हजार ४ जनाको मृत्यु भएको पुष्टी चिनियाँ अधिकारीले गरेका हुन्। यो भाइरसले फिलिपिन्स, ताइवान, हङकङ, जापान र फ्रान्समा एक–एक जना गरी ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.