www.tandavnews.com
Fact ~ In search of truth

पीपीएलका लागि ‘एक्सपर्ट धनगढि ब्लूज’ तम्तयार

पोखरा
ताण्डव न्यूज ।

भोली शुक्रबारदेखि पोखरामा आयोजना हुने टि ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगका लागि धनगढी ब्लूज तम्तयार भएको छ । पोखरामा कार्यक्रमको आयोजना गर्दै ब्यूजले सबै खेलाडीहरु मैदानमा उत्रन तम्तयार रहेको जानकारी दियो ।

टिमको मेन स्पोन्सर एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले गरेको छ । धनगढी ब्लूजसँग जोडिन पाउँदा खुशी लागेको डिरेक्टर सुवास चन्द्र प्रधानले बताए ।एक्सपर्ट पोखराका प्रमुख रमेश थापाले खेलाडीहरुले राम्रो खेल प्रस्तुत गर्नेमा विश्वस्त रहेको बताए ।

Batas

ब्लूजको कप्तानी मार्की प्लेयर दीपेन्दू सिं ऐरीले गर्नेछन् । टीममा बिक्रम ठगुन्ना, सौरभ खनाल। दीलिपनाथ, फिर्दोस अन्सारी, सागर ढकाल, मन्जीत श्रेष्ठ, कमल सिं ऐरी, रबिन क्षेत्री, सुदीप सुनार,सुदीप जोरा, सुदीप रजाली, सन्तोष भट्ट र योगेन्द्र सिं कार्की छन् ।
आइकनिक प्लेयर सुबेन्दु पाण्डे र अरुण सिं ऐरी रहेको जनाइएको छ ।

विदेशी प्लेयरमा डेनियल विलियम लरेन्स र पिटर डेभिड ट्रेगो छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.