www.tandavnews.com
Fact ~ In search of truth

सिटी रेवानको अध्यक्षमा तिमिल्सिना नियुक्त

पोखरा,
ताण्डव न्यूज

सिटी रेवान पोखराको अध्यक्षमा दीपक तिमिल्सिना नियुक्त भएका छन् । अध्यक्ष रहेका पिताम्बर शर्मा पौडेलले आफ्नो घरयासी कामको कारण समय दिन नभ्याउने भन्दै राजिनामा दिएपछि बरिष्ठ उपाध्यक्ष रहेका तिमिल्सिना अध्यक्षमा चयन भएका हुन् ।

सातौ अधिवेसनबाट २०७४ साउन २८ गते अध्यक्ष बनेका पिताम्बर शर्मा पौडेलले आइतबार बसेको बैठकमा राजिनामा दिएका हुन् ।

Batas

रेवानका संस्थापक अध्यक्ष चिरञ्जिवी श्रेष्ठ, पूर्व अध्यक्ष केपी शर्मा पाध्या र कानुनी सल्लाहकार जगन्नाथ ढकालको उपस्थितिमा तिमिल्सिनालाई अध्यक्षतामा नियुक्त गरिएको हो ।

बैठकले पूर्व अध्यक्ष रहेका केपी शर्मालाई सल्लाहकारमा समेत नियुक्त गरेको सिटी रेवान पोखराका महासचिव जीवन दाहालले जानकारी दिए । संस्थामा खाली रहेको वरिष्ठ उपाध्यक्षको पदको लागि आगमी साधारण सभामा चयन गरिने उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.