www.tandavnews.com
Fact ~ In search of truth

पसगाउँमा ‘आठौं पसगाउँ महोत्सव’ हुने

पोखरा
ताण्डव न्यूज ।

लमजुङको क्व्होलासोंथर गाउँपालिका ६, पसगाउँमा बैशाख अन्तिम साता आठौं पसगाउँ महोत्सव हुने भएको छ ।

आयोजकले पोखरामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख २६ र २७ गते महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ । २०६० सालयता महोत्सव गर्दै आएको पसगाउँबासीले हरेक २ बर्षमा १ पटक महोत्सवको आयोजना गर्दै आएको छ ।

Batas

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागेको आयोजकले जनाएको छ । पोखरास्थित पैकों तमु समाजको घरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पसगाउँस्थित दूधपोखरी युवा क्लवका निवर्तमान अध्यक्ष सूर्यप्रसाद गुरुङले पसगाउ“मा आशा गरिएअनुसार पर्यटक आउन नसकेको भन्दै महोत्सव गर्न गाउँले जुर्मुराएको बताए ।

प्रकृति र संस्कृतिले धनी पसगाउँमा पर्यटकलाई स्वागत गर्न स्थानीय आतुर रहेको उहाँले बताए । महोत्सवकै अवसर पारेर बैशाख २६ गते नै गाउ“कै क्यु–पसगाउँ मोटरटबाटोको उद्घाटन समेत गरिने उनले बताए ।

यसअघि पसगाउ“मा सडक नपुगेको र अहिले सडक पुगेकाले पनि पर्यटक आगमन बढ्ने उनले अपेक्षा गरे ।

स्थानीयले पर्यटन प्रवद्र्धनका कार्यक्रम भने उनीहरुले २०५८ बाटै गर्दै आएका थिए । क्व्होलासोंथर ६, पसगाउ“का वडाअध्यक्ष मनलाल गुरुङले गाउ“मा पर्यटकका लागि २५ वटा होमस्टे संचालनमा रहेको बताए ।

पर्यटक आउने गरेपनि पहिलेको जस्तो नभएको उनले बताए । पसगाउ“को प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको उनले बताए । उनका अनुसार गाउ“मात्रै नभइकन क्होंमे्रडाँडा, छेदोपुँ, ङ्ह्योजे लगायत पुग्नैपर्ने ठाउF हुन् ।

महोत्सवमा लोपुन्मुख घाटु, कृष्णचरित्र, सारंगीनाच, आमा समूह, यूवा समूहको पौराणिक नृत्य लगायत देखाइनेछ । महोत्सवमा अलै“ची र चिया वगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगायतका कार्यक्रम राखिएका अध्यक्ष गुरुङले बताए ।

संरक्षण क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले पहिले दैनिक पर्यटक आउँथे ।

त्यतिबेला होमस्टे थिएन । अहिले होमस्टे भएपनि पर्यटक नआउने गरेको उनले बताए । गाउँको प्रचारप्रसार गर्न, होमस्टेमा पर्यटक बसाउन र स्थानीय कला, संस्कार संस्कृति देखाउन महोत्सवको आयोजना गर्न लागिएको उनले बताए ।

शान्तिदीप आमा समूह, दूधपोखरी युवा क्लव र ग्रामीण पर्यटन ब्यवस्थापन उपसमितिले संयुक्तरुपमा महोत्सवको आयोजना गर्न लागिएको हो ।

समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिका सीमामा पर्छ ।  यहाँ करीब २ सय ५० घरधुरी छन् । गाउँमा चोविसै घण्टा विजुलीपानीको सुविधा छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.