www.tandavnews.com
Fact ~ In search of truth

छोम्रोङमा ‘ल्होसार मेला’ जारी, भलिबल र बास्केटबलको फाईनल खेल शुक्रबार

अञ्जना रेग्मी/हीरा बरुवाल

पोखरा

अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी ल्होसार मेलामा भलिबलतर्फको उपाधिका लागि सिवाईसी घुर्जुङ र जनउत्थान क्लब भिड्ने भएको छ । आज भएको सेमीफाईनल खेलमा सीवाईसीले एमवाईसी तल्लोगाउँलाई २३-२५, २५-२० र २५-२२ को सेटमा पराजित गर्दै सीवाईसी फाईनल प्रवेश गरेको हो ।

Batas

यसैगरी अर्काे सेमिफाईनल खेलमा जनउत्थान क्लबले योङ स्टार क्लबलार्य २५-२३ र २५-२२ को सोझो सेटमा हराउँदै जनउत्थान फाईनलमा पुगेको मेला संयोजक राम गुरुङले जानकारी दिए । उनका अनुसार जनउत्थान र सीवाईसी बिचको फाईनल खेल शुक्रबार विहान १० बजे हुनेछ ।

गुरुङले भलिबलतर्फ तेस्रो स्थान मिलन युवा क्लबले तेस्रो स्थान हाँसिल गरेको बताए । उनका अनुसार मत्क्यू गाईजलाई २५-२३ र २५-२२ को सोझो सेटले पराजिगत गर्दै मिलन युवा क्लब याङजाकोटले तेस्रो स्थानको उपाधि रक्षा गरेको हो ।

यसैगरि बास्केटबलतर्फ माछापुच्छ्रे युवा क्लब तल्लोगाउँ र मिलन युवा क्लब याङ्जाकोट बिच शुक्रबार नै फाईनल खेल हुने संयोजक गुरुङले बताए । उनका अनुसार तेस्रो स्थानका लागि भने सीवाईसी र एमवाईसी घ्यागोथर बिच प्रतिस्पर्धा हुनेछ । दुवै तर्फको प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्राप्त गर्नेछ भने द्वित्तिय र तृतीय स्थान हासिल गर्ने टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश १५ र १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

– प्रशिक्षार्थी पत्रकार

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.