पोखरा ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै कागजातहरु वेबसाइटबाटै रुजु गर्न सकिने सिस्टम जारी गरेको छ ।
बैंकबाट जारी गरिएका बैक ब्यालेन्स सर्टिफिकेट जस्ता कागजातहरुको सम्बन्धित संस्था तथा ब्यक्तीहरुले सिधै बिद्युुतीय प्रणालीको माध्यामबाट विकास बैंकको वेवसाइट www.shangrilabank.com मा login गरि online validation बाट बैंकबाट जारी गरेका कागजातहरुमा रहेको validation Code नम्बरको प्रयोग गरि उक्त कागजातहरुको बैद्यताको बारेमा रुजुु गर्न सिष्टमको ब्यवस्था शुुरु गरेको हो ।

यस प्रकारको विद्युुतीय प्रणालीको प्रयोगबाट सम्बन्धीत ब्यक्ति तथा संस्थाहरुले आफनो कागजातको बैद्यता सम्बन्धीे जानकारी बिना झन्झट सिधै प्राप्त गर्नुुको साथै विश्वासनीय एवं भरपर्दौ समेत हुुने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
हाल २ अर्व ४४ करोड चुुक्ता पूूंजी रहेको यस विकास बैंकले चालु आ.ब.२०७४÷७५ को चैत्र मसान्तसम्म १४ अर्ब ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि ३९ करोड ३९ लाख संचालन मुनाफा आर्जन गरेको छ ।
कुल ३६ वटा शाखा कार्यालय रहेको बैंकले चालुु आ.ब.मा सातवटै प्रदेशमा गरि थप २२ वटा शाखाहरु संचालन गर्न नेपाल राष्ट्रबाट स्वीकृति प्राप्त गरेकोमा हालसम्म ४ वटा शाखाहरु संचालनमा आईसकेको तथा अन्य शाखाहरु समेत निकट भविष्यमै संचलनमा ल्याउने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.