www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री मनाङेको कार्यवाहक काण्डः प्रवक्ता खड्का भन्छन्, ‘त्यो हर्कत दोहोरिन हुन्न’

अर्जुन गाहा (सुशान्त)

पोखरा, ताण्डव न्यूज 

गण्डकी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले सार्वजनिक पदवहाली गरेका व्यक्तिले अनुशासन विपरित कार्य गर्न नहुने बताएका छन् । गण्डकी प्रदेश गठन भएको ५ वर्ष पुगेको अवसरमा पोखरामा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

Batas

उनले गण्डकी प्रदेश सरकारको प्रगति विवरण सुनाउदै युवा तथा खेलकुदमन्त्री मनाङ रहदा पीए रोनित गुरुङले कार्यवहाक एवं प्रवक्ताको नेमप्लेट मन्त्रीकै कार्यकक्षमा राखिनु अराजकता र अनुशासन विपरित रहेको धारणा राखे । ‘कार्यवहाक मन्त्री बनेर उनले बोर्ड राख्नुभो । त्यो एक प्रकारको अराजकता, अपरिपक्वता हो । त्यो अनुशासनको दायराभित्र गरिएका गतिविधि होईनन् भन्ने कुरामा हामी सबै प्रष्ट छौ, मन्त्री खड्काले भने, ‘मुख्यमन्त्री जिल्ला बाहिर हुँदा भएको कुरा हुनाले म सरकारको प्रवक्ता भएको हैसियतले सम्बन्धित व्यक्तिलाई फोन गरेर तपाईले गर्नुभएको काम गैरकानूनी छ । यसले तपाईलाई, तपाईको माननीय मन्त्री र सिङ्गो सरकारलाई नै अप्ठेरोमा पार्छ । यो कानूनी राज्यको सबैभन्दा कानूनी उपहास हो । त्यसैले तपाईले जे गर्नुभाछ त्यो तत्काल निकाल्नुस यसले राम्रो गर्दैन भन्ने प्रकारले चाँही मैले उहाँलाई अनुरोध गरेको थिए ।’

उनले मन्त्रीलाई समेत सो विषयमा ध्यानाकर्षण गराएको बताउँदै दोहोरिन नहुने तर्क राखे । ‘हामीले मन्त्रीज्यूलाई खबर गरेपछि उहाँले मेरो जानकारीमा भएको कुरा होइन । जो व्यक्तिलाई मैले विश्वास गरे उनले सीमा क्षेत्रभन्दा बाहिर गएर गरे । त्यसका लागि म एकदमै दुखि छु त्यस्ता काम आगामी दिनमा दोहोरिन दिन्न भन्नुभाको छ ।’ मन्त्री खड्काले भने, ‘हामी त्यही कुरालाई विश्वास गरौ । एकजना सामान्य व्यत्तिको बच्कारा हर्कत हो । त्यसलाई हामी त्यही रुपमा बुझेका छौ र यस्ता किसिमका गतिविधि दोहोरिदा सरकारलाई असर गर्छ । त्यसैले दोहोरिन हुन्न ।’

प्रवक्ता खड्काले गण्डकी प्रदेश सरकारको गत महिनाको २९ गते बसेको मन्त्रीपरिषदको बैठकबाट निर्णय भएअनुसार संघीय सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध गरिएको बताए । कास्कीको पोखरा पर्यटकीय नगरी भन्दै आएपनि पर्यटकीय राजधानीका रुपमा भने औपचारिक घोषणा भएको छैन । यस निर्णयसँगै गण्डकी प्रदेश सरकारले अन्य ६ वटा जनमुखी निर्णयहरु समेत गरेको प्रवक्ता खड्काले जानकारी दिएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.