www.tandavnews.com
Fact ~ In search of truth

मिस प्रिन्सेसको ट्यालेन्ट सो सम्पन्न

पोखरा

सरगम साँस्कृतिक कला केन्द्रद्धारा आयोजित मिस प्रिन्सेस कास्की¬ २०१८ को प्रतिभा प्रस्फुटन कार्यक्रम सूर्योदय पार्टी प्यालेस लेखनाथ को सभाहलमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि सा रे ग म ईन्टरटेन्मेण्ट हाउसका अध्यक्ष सुशिल नेपालीले बाल बालिका आजका कोपिला भोलिका फक्रदो फुल भएको र यस्ता कार्यक्रमले बाल बालिकाको भविष्य उज्जवल बनाउन मद्दत पुग्ने बताए ।

Batas

८ देखि १४ वर्ष उमेरका बाल बालिकाको कला र प्रतिभा निर्खाने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम मा मेरिजन गुरुङ, विपाशा थापा, स्नेहा श्रेष्ठ, संचिता थापा, जसिका गुरुङ, पालना थापा, एन्जल गुरुङ, आस्था कायस्थ, रोसनी गुरुङ, सलिना बगाले, सृजना थापा, सिम्रन सिग्देल, सुस्मिता वन्जरा र तमन्ना श्रेष्ठ गरी १४ जनाले सहभागी जनाएको कार्यक्रमका संयोजक सुनिल थापाले जानकारी दिए ।

madi
machhapuchre

पोखरा लेखनाथ मा विगत ५ वर्षदेखि स्थापित सरगम सांस्कृतिक कलाले पहिलो पटक आयोजना गरेको मिस प्रिन्सेस कास्की २०१८ प्रतियोगिताको ट्यालेण्ट सो मा कलाकार सुजित गुरुङ, रोहित गुरुङ र मोडल एलिस पुन तथा गायक निखिल गुरुङ निर्णायक रहेका थिए ।

यहि वैशाख २९ गते पोखरा उद्योग वाणिज्य संघको सभाहल मा अन्तिम प्रतिस्पर्धी हुने उक्त प्रतियोगितामा विजेताले नगत पुरस्कार, चाँदीको क्राउन तथा म्यूजिक भिडियोमा अभिनय गर्ने मौका पाउने छन् ।

सरगम साँस्कृतिक कला केन्द्र की डाईरेक्टर प्रिती गुरुङ को सभाध्यक्षतामा सम्पन्न ट्यालेण्ट सो कार्यक्रममा गुरुङ फिल्म निर्माता ईश्वर गुरुङ, अभिभावक संगिता अधिकारी तथा मिस क्वीन – २०१८ की विजेता सिम्रन गुरुङले बोलेका थिए । कार्यक्रममा सपना थापाले स्वागत गरेकी थिईन् भने कार्यक्रम को सञ्चालन अन्जना गुरुङले गरेको थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.