www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपती कप कास्की : कब्बडी सम्पन्न, एथलेटिक्स् र भलिबल जारी

पोखरा ।

पोखरामा कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सोमबार कब्बडी तर्फका खेल सम्पन्न भएका छन ।

छात्रा कब्बडीको फाइनलमा महेन्द्र मावीले गौरी शंकरलाई ३६ का विरुद्ध २० अंकले पराजित गर्दै प्रथम भएको छ भने तेश्रो स्थानका लागि भएको खेलमा हिल पोइन्टले कास्की मोर्डनाइज्डलाई ४३–४२ ले पाखा लगायो ।

Batas

यसै गरि छात्र कब्बडीमा नै शान्ती दिपले गौरी शंकरलाई ३१–११ ले पाखा लगाउँदै प्रथम भयो भने त्रिवेणीले ४६–२० अंकले पराजित गर्दै तेश्रो भयो ।

विजेता टिम तथा खेलाडीलाई जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार, सदस्य देश भक्त कुंवर, कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला कब्बडी संघका अध्यक्ष पदम बहादुर कार्की लगाएतले पदक, प्रमाणपत्र र कप वितरण गरेका थिए ।

सोमबार नै सम्पन्न एथलेटिक्स तर्फ छात्रा तर्फको ३ हजार मिटर दौडमा गौरी शंकरका मिना नेपाली प्रथम, कास्की मोर्डनाइज्डकी कृतिका गिरी द्वितिय र टप्स मावीकी सम्झना नेपाली तृतिय भइन ।

छात्र ३ हजार मिटरमा गोगन मावीका इस्माइल भण्डारी प्रथम, पोखरा मल्टी मोडलका सोमराज गुरुङ द्वितिय र टप्स मावीका गोपाल दुरा तृतिय भए ।

यता ८ सय मिटर छात्र दौड तर्फ त्रिवेणीका विवेक अधिकारी प्रथम, पोखरा मल्टि मोडलका कृष्ण गुरुङ द्वितिय र सगरमाथाका सोमराज हमाल तृतिय भए ।

छात्रा ज्याभलिन थ्रो मा कास्की मोर्डनाइज्डकी रितु पुन प्रथम, सगरमाथाकी सेविका आचार्य द्वितिय र कास्की मोर्डनाइज्डकी इशा गुरुङ तृतिय भइन भने छात्र तर्फ ग्यालेक्सीका राहुल बिक प्रथम, कास्की मोर्डनाइज्डका दिपक थापा द्वितिय र गौरी शंकरका शंकर परियार तृतिय भए ।

यता छात्रा भलिवलको फाइनलमा टप्स माबी र जनप्रिय माबी भिड्ने भएका छन भने तेश्रो स्थानका लागि कास्की मोर्डनाइज्डले सृजना माबी संग भेट पक्का गरेको छ ।

सोमबार नै सम्पन्न खेलमा टप्सले कास्की मोर्डनाइज्डलाई २–० को सेटमा र जनप्रियले सृजनालाई २–०को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । छात्र भलिबलको खेल भने जारी रहेको छ ।

मार्शल आर्टस तर्फ तकावान्दोका खेल जारी रहेका छन भने कराते सुरु भएको कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले बताएका छन । प्रतियोगिता मंगलबार सम्पन्न हुने भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.