www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चारकाे तीन विधेयक प्रमाणिकरण

पोखरा ।

प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई सोमबार प्रमाणिकरण गरेका छन् ।

प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि पठाएको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’, ‘मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रामिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ र ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रामिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ लाई प्रमुख कुँवरले प्रमाणित गरेका हुन् ।

Batas

प्रदेश नं. ४ प्रदेश सभा पोखराले बैशाख १९ गते तीन वटै विधेयक पारित गरेको थियो । नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश प्रमुखले प्रमाणिकरण गरेपपछि विधेयक ऐन बन्छ । प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेपछि ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए ।

बैशाख ३ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै प्रमुख कुँवरले ‘प्रदेश स्तरीय सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी विधेयक’ प्रमाणाणिकरण गरि विधेयक प्रमाणिकरण गर्ने मेलो सुरु गरेका थिए ।

नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले पन्ध्र दिनभित्र प्रमाणीकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिने व्यवस्था भए पनि प्रदेश प्रमुख कुँवरले विधेयक पाएलगत्तै प्रमाणिकरण गरिदिएर प्रदेश सरकारलाई कानून बनाउन सजिलो गरिदिएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.