www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाइडिङ्ग उडानका लागि सराङकोटमा स्थायी ठाँउको खोजी

पोखरा ।

पोखरामा प्याराग्लाइडिङ्गको करिब २० वर्षे इतिहासमा पहिलो पटक सराङकोट बाट स्थायी रुपले उडान भर्न र अवतरणका लागि स्थायी ठाँउको खोजी सुरु भएको छ । प्याराग्लाइडिङ उडानका लागि विश्व कै ५ औं उत्कृष्ट गन्तव्य मध्ये एक पोखरामा यसरी उडान भर्नका लागि पहिलो पटक स्थायी ठाँउको खोजी सुरु भएको हो ।

नेपालमा खेलकुद इतिहासमा नै पहिलो पटक हुन लागेको विश्व प्याराग्लाइडिङ प्रतियोगितालाई मध्येनजर गर्दै नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले पोखरा लेखनाथ महानगर पालिका संग स्थायी ठाँउ दिन आग्रह गरेको हो । संघका महासचिब शैलेन्द्र रावतका अनुसार विश्वकपको मापदण्डका पुरा गर्नको लागि पनि टेक अफ र ल्याडिङ्गको उचित स्थान आवश्यक परेको बताए ।

Batas

पोखरा लेखनाथ महानगर पालिका वडा नं १८ र संघले संयुक्त रुपमा जग्गाको खोजी गरि महानगरलाई कार्यालयलाई यस बारे आवश्यक सहयोग गर्न आग्रह समेत गरिएको छ । पोखरामा व्यवसायिक रुपमा संचालित ६० भन्दा वढी कम्पनी मध्ये केहीका निजी उडान भर्ने र अवतरणका लागि ठाँउ भए पनि खेलकुदका लागि भनेर स्पष्ट रुपमा ठाँउ नभएकोले समस्या भएको महासचिब रावतले बताए ।

वडा कार्यालयले महानगरलाई स्थानका लागि बैशाख १९ गते पत्राचार गरे पनि महानगरले भने प्याराग्लाइडिङ संचालकहरुले स्थानिय सरकारलाई बुझाउनु पर्ने कर नतिरे सम्म कुनै प्रक्रिया अगाडी नबढाउने भन्दै फर्काएको थियो ।

यस अधि प्याराग्लाइडिङ कम्पनीहरुले गाँउ विकास समितीलाई ५ हजार सम्म कर तिर्दै आए पनि महानगरको २०७४–०७५ मा पारित नयाँ आर्थिक नियमावली अनुसार प्रती कम्पनी ५० हजार तोकिएको छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र प्याराग्लाइडिङ कम्पनी हरुको छाता संस्था नेपाल हवाइ खेलकुद संस्था (ना) ले स्थानिय सरकारले स्थायी जग्गा उपलव्ध गराएमा वार्षिक १ लाख सम्म तिर्ने मौखिक सहमती जनाएका छन ।

यता पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिशीले प्याराग्लाइडिङ कम्पनीहरु करको दायरामा नछिरे सम्म कुनै पनि जग्गाको खोजी नगरिने स्पष्ट पारे । उनले भने–“पहिला कम्पनहिरु करको दायरामा आउन अनि बल्ल अरु कुरा बारे सोचिन्छ ।”

machhapuchre
madi

मेयर जिशीले करको दायरामा कम्पनीहरु आए मात्र व्यवसायिक शुरक्षाको ग्यारेन्टी संगै जवाफदेहिता लिने स्पष्ट पारेका थिए । मेयर जिशीको अडान पछि अहिलेको तोकिएको कर तिर्ने र अर्को आ.व बाट कर घटाउने सहमती पछि महानगर जग्गा खोज्न राजी भएको हो । सो सहमती अनुसार महानगरले वडा कार्यालय १८ लाई बैशाख २४ गते जग्गा खोज्न भन्दै पत्राचार समेत गरेको छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल हवाइ खेलकुद संस्था (ना) ले महानगर संगको सहमती पछि संघले आफ्नै पहलमा वडा कार्यालय १८ संग मिलेर जग्गाको खोजी गर्दै छ । वडा नं १८ का अध्यक्ष रण बहादुर थापाले वडा नं १८ सराङकोट स्थित न्युरिनी भिर र तोरी पानीको बाकोट डाँडामा उडानका लागि जग्गा हेरिएको बताए ।

“आफ्नो वडा विश्वकै प्रख्यात प्याराग्लाइडिङ गन्तव्य भएकोले पनि यसलाई स्थायीरुप दिन तयार छौ” अध्यक्ष थापाले भने । उनले अवतरणका लागि पनि उपयुक्त स्थानको खोजी भइरहेको बताए ।

अहिले धेरै उडानहरु निजी कम्पनीका ठाउँ बाट भइरहेको र अवतरण गर्ने स्थानमा समेत कम्पनीहरु विचौलियाको कारण मारमा परेको तथा दुर्घटनाका जोखिम पनि बढेको व्यवसायीहरुले बताएका छन ।

नेपालमा प्याराग्लाइडिङ खेलको विश्वकप यसै वर्ष कात्र्तिक १५ देखि १९ गते सम्म हुने भएको छ । नेपालमा पहिलो पटक विश्वकप आयोजना हुने भए पछि राष्ट्रिय खेलकुद प।िषदको समेत यसमा चासो वढेको परिषदका सदस्य सचिब केशब कुमार विष्टले बताए ।

उनले केही दिन अधि संघका पदाधिकारी र प्राविधिकको टोली सहित जग्गाको निरिक्षण समेत गरेका थिए । सदस्य सचिव विष्टले जग्गा उपलव्ध भएमा पूर्वाधार बिकासका लागि बजेट पठाउने तयारी समेत भएको बताए ।

आयोजना हुने विश्वकपको उद्घाटन या समापन मध्ये एक पोखरा र स्याङ्गजामा हुनेछ भने अन्य सम्पुर्ण खेलहरु पोखरामा नै हुने संघका महासचिव रावतले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.