www.tandavnews.com
Fact ~ In search of truth

‘मोदीको गाडीले कर नतिरे नो इन्ट्री’

पोखरा
ताण्डव न्यूज ।

नेपाल आउन लागेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमणमा जाँदा भारतिय नम्बर प्लेटको सवारी साधन प्रयोग गरे रोक लगाउने अनेरास्ववियू केन्द्रिय सदस्य प्रकाश पौडेलले चेतावनी दिएका छन् ।

मुक्तिनाथ जाने बाटोलाई २ दिन सम्म रोक लगाउने सरकारको निर्णयप्रती आक्रोशित हुदै नेता पौडेलले म्याग्दी हुदैं मुक्तिनाथ पुग्ने भारतीय नम्बर प्लेटका गाडी रोक्ने बताए । उनले म्याग्दीबाट अगाडि बढ्दा आन्तरिक रुपमा इजाजत लिने व्यवस्था गर्न स्थानिय तहसँग माग गरेका छन ।

Batas

‘मुक्तिनाथ पुग्नु दर्शन गर्नु लाई मुख्य सफलता मान्ने भक्तजनबाट मोदिलाइ असुरक्षित हुन्छ भनी २ दिन अगाडी बाटै नागरिक प्रवेश निषेध गर्ने निर्णयको घोर बिरोध गर्दछु’ उनले भने । उनले भ्रमणमा आउने हरेक भारतिय नम्बर प्लेट गाडीहरुलाई भन्सार करले मात्रै नभई स्थानिय रुट प्रयोग गरे वापत स्थानीय सरकारले कर लिनुपर्ने बताए ।

‘भन्सारमा तिरेको सानो रकमले पुरै नेपाल घुम्ने क्रम लाई रोक्न पर्छ’ उनले भने ‘म्यादी हुदै मुस्ताङ सम्म पुग्ने त्यस्ता गाडीहरुलाई स्थानिय सरकारले कर लिन्छ कर नतिरे रोकिन्छ र यसको सुरुवात म्यादीबाट हुन्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.