पोखरा
ताण्डव न्यूज ।
कास्की मादी गाँउपालिका वडा–७ का अध्यक्ष लालबहादुर गुरुङको यौन काण्ड बारे सत्य तथ्य पत्ता लगाउन छानविन समिति गठन हुने भएको छ ।
भोलि (शनिबार) मादी गाउँपालिकाका उप–प्रमुख विष्णु माया पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरिने गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले बताए । ‘न्यायिक समितिको संयोजक पनि रहेको हुनाले उपप्रमुखको संयोजकमा छानविन टोली अघि बढ्छ,’ उनले भने, ‘उपप्रमुख ट्रेनिङमा भएको हुनाले थोरै ढिला भएको हो ।’

स्थानीयका अनुसार दुई थरीको कुरा आएपछि स्थलगत रुपमै छानविन हुने प्रमुख गुरुङले बताए ।
‘मैले फोनबाट स्थानीय र पीडित दुवैसँग बुझेको छु, कोहीले हो भन्छन्, कोहीले होइन भन्छन्,’ उनले भने, ‘अब पीडित, उनको आमा, बुबा र स्थानीयसँग हामीनै प्रत्यक्ष भेटेर कुरा गर्ने छौं ।’ कसैलाई अन्याय हुन नदिने प्रमुख गुरुङले बताए ।
‘घटनाको वास्तविकता पत्ता लगाएर सार्वजनिक गर्ने छु,’ उनले भने, ‘हाम्रो गाउँपालिकामा कोही पनि अन्यायमा पर्न दिन्न् ।’
यो पनि पढ्नुहोस्
वडाध्यक्ष गुरुङको के हो यौन काण्ड ?
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.