पोखरा
ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा भर्खरै मात्र कमाण्ड सम्हाल्न आएका एसपी ओमबहादुर रानाले १२ बुदेँ कार्ययोजना प्रस्तुत गरेका छन् ।
बुधवार जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी रानाले १२ बुदेँ कार्ययोजना अन्र्तगत अपराधसँग सम्बन्धित कसैलाई पनि नछोड्ने बताएका हुन् ।

‘अपराधमा संलग्न कुनै पनि अपराधीलाई छाड्ने छैन्,’ उनले भने, ‘कास्कीमा शान्ति सुरक्षा कायम प्रहरीको दायित्व हो । नागरिक सुरक्षाको प्रत्याभूति पूर्णरुपमा कायम गर्न कास्की प्रहरीले कुनै कसर बाँकी राख्ने छैन् ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी ओमबहादुर रानाले सार्वजनिक गरेको कार्ययोजना पूर्ण पाठ :
१. प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालज्यूका प्राथमिकताको अक्षरस पालाना गर्ने,
२. अपराधिक क्रियाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गदै विवेकपूर्ण प्रहार,
३. गुण्डागर्दी विरुद्व कडा कारवाही,
४. घरेलु मदिरा तथा लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रण निरन्तरता ,
५. चोरि, लुटपाट, कालोबजारी न्युनिकरण,
६. न्यायिक निकायसंगको समन्वयमा फरार अपराधिको प्रकाउ तथा कारवाही,
७. प्रबिधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भैतिक तथा प्राविधिक पूर्वाधारको निर्माण तथा स्तरवृद्विमा जोड,
८. सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सँगै जनचेतनामुलक कार्यक्रम संचालन
९. घरेलु हिसां, लैगिक हिसां, महिला बालबालिका, जेष्ठ नागरिक तथा अशक्त व्यक्ति उपरका घटनामा संवेदनशिलता र पिडित मैत्री वातावरण सिर्जना,
१०. सामाजिक विकृति विसंगति र कुसंस्कार विरुद्व जनचेतनामुलक कार्यक्रमको निरन्तरता
११. छुट्टा छुट्टै स्क्वायड ‐पिलर) खडा गरी अपराधिको खोजतलास तथा कारवाही : ‐गुण्डागर्दी–१, घरेलु मदिरा, लागुपदार्थ , यौन व्यवसाय र जुवातास विरुद्व–१ , चोरी लुटपाट कालोबजारी–१, फरार अपराधिकको खोजीको लागि –१, सामाजिक संजाल ‐साइवर) बाट हुने अपराध–१)
१२. सूचना संकलन एंव प्रमाणमुखी अनुसन्धानमा जोड
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.