www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ठगिको नयाँ काइदा, फिल्म देखाउने भन्दै हजारको टिकट बेचेर फरार

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

पोखरामा फिल्म देखाउने भन्दै एक हजारको टिकट बेचेर आयोजक फरार भएका छन् । ‘सप्तरङ्गी फिल्म्सको प्रस्तुती’ भनिएको फिल्म ‘दुव्र्यसन’को टिकट बेचेर आयोजक फरार भएका हुन् ।

पोखरा स्थित मेट्स एजुकेसनका प्रबन्ध निर्देशक देव क्षेत्रीले केहि दिन अघि दुव्र्यसन नामक फिल्मको टिकट लिए । उनकै कार्यकक्षमा दुई युवा एक हजार रुपैंयाको टिकट बेच्न पुगेका थिए ।

Batas

अपाङ्ग असाहाय बालबालिकाको सहयोगार्थ भनेपछि उनले टिकट लिए । जेठ ५ गते सभागृहको मिडटाउनमा फिल्म देखाउने टिकटमा उल्लेख छ । जब उनि टिकट लिएर मिड टाउन पुगे । न त्यहाँ टिकटमा लेखिएको फिल्म प्रदर्शन हुदैं थियो, न आयोजक नै थिए ।

फिल्मको टिकट बेच्नेहरुले ठगेको थाहा पाएपछि उनि सिधै ताण्डव न्यूजको कार्यालय आए ।

हामीले मिड टाउन सिनेमाजका म्यानेजर विवेक श्रेष्ठलाई सम्पर्क गर्यौं ।  उनले दुव्र्यसन नामक फिल्म प्रदर्शनको सेडुअल नरहेको जनाए ।

न कुनै आयोजकले नै सम्पर्क गरेको उनले बताए ।

‘हामीकहाँ कुनै फिल्म शो गर्नुपर्यो भनेर आएका छैनन् । रिलिज भएका फिल्महरु नै चलिरहेका छन्’ उनले भने ‘बिहानैदेखि त्यहि टिकट लिएर हामीकहाँ आउनुभएको छ । तर यो फिल्मबारे हलमा केही जानकारी छैन ।’

सोही समुहको दोश्रो ठगी

टिकटमा फिल्मको निर्माता कुशल खड्का, सम्पादक दिपक राई, निर्देशक सुभाष श्रेष्ठ, कोरियोग्राफर सुस्मा गुरुङ, द्धन्द उत्तम लिम्बु कालु र कथा दिवस बाबु क्षेत्रीको रहेको जनाइएको छ ।

यहि समुहले २०७४ भदौ ३ गते पोखराकै पुर्णीमा हलमा बिहान साढे ८ बजे फिल्म देखाउने भन्दै ५ सयको टिकट बेचेर फरार भएका थिए ।

ठगीको नयाँ काइदा

मेट्सका क्षेत्रीले केहि महिना पहिले पनि एक कार्यकमको टिकट लिए । टिकटमा तोकिए बमोजिमको स्थानमा उनि पुगे । टिकट लिएका सबै सो स्थानमा पुगे । तर त्यहाँ कार्यक्रमबारे कोही जानकार थिएनन् । न त आयोजकको नै उपस्थिती थियो ।

यसरी पोखरमा विभिन्न कार्यक्रमको आयोजना भन्दै टिकट बेच्ने तर कार्यक्रम नहुने गुनासो बढ्दै गएको छ । विशेषतः त्यसरी आयोजना गरिने भनिएको कार्यक्रमको टिकटमा अनाथ, असाहाय वा अपाङ्ग सहयोगार्थकालागि भनेर उल्लेख गरिएको देखिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.