–चटपटे गफ–
सागर लम्साल ‘बले’ (कलाकार)
एक हप्ताको लागि प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?
देशका कलाकारलाई राम्रो स्थान दिन्थे । बेरोजगारी हटाउने प्रयास गर्थे ।
तपाई कलाकार नभई पहलमान भको भए कोसँग लड्नु हुन्थयो ?
ज्योति मगरसँग लड्थे ।

बिहान उठ्ने बित्तिकै लिंग परिवर्तन भएर महिला हुनुभयो भने के गर्नु हुन्छ ?
आफूलाई मन परेको केटालाई गएर प्रपोज गर्थे ।
तपाइको नजरमा सबैभन्दा हाँसो लाग्दो मान्छे को ?
राजाराम पौडेल
मरेर भूत हुनभयो भने कोकसलाई तर्साउनु हुन्छ ?
सागर लम्साल बलेलाई नै तर्साउँछु ।
तपाई कस्तो प्रकृतिको मान्छे ?
एकदमै सोझो तर बदमास चकचक गर्नेपर्ने खालको ।
बाल्यकालमा सबैभन्दा गरेको ठूलो गल्ती के थियो ?
पसलमा गएर चकलेट चोरेर खान्थे ।
कुनै एक फिल्ममा लिड रोलको अफर आयो भने हिरोइन कसलाई छान्नुहुन्छ ?
कुञ्जना घिमिरे (सुन्तली)लाई छान्थे ।
तपाइको नजरमा सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ ?
सेक्स प्रकृतिको देन हो जुन हरेक मान्छेलाई आवश्यकता पर्छ ।
नेपालका तीनवटा सेक्सी नायिका को लाग्छ ?
केकी अधिकारी, आरोही शर्मा र स्वस्तिमा खड्का
बिहेको लागि कुनै नायिकाले प्रपोज गर्दिए हुन्थयो भन्ने नायिका कोही छ ?
त्यस्तो कोही पनि छैन् । फ्याट भनिहालियो भने फेरी गर्लफ्रेण्डले मार्लिन नि । हा..हा । तर गलफ्रेण्ड चाहि छैन हुनेवालाले मार्छन् ।
हैरान फिल्मको सुटिङमा सबभन्दा बढी गल्ती के गर्नुभाछ ?
नाइट सेड्युलमा सुतेर ठ्याक्क उठ्नुपर्ने सिन थियो । म त निद्रा लागेर सुतेको सुतेइ गरेछुँ । त्यो बेला राती २ बजेसम्म सुटिङ भको थियो ।
प्रस्तुति ः सन्तोष सुवेदी
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.