www.tandavnews.com
Fact ~ In search of truth

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्ने

लुम्बिनी (रासस)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् ।

निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने , “निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन सकिदैन् ।”

मन्त्री अधिकारीले आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको र १५÷१५ दिनमा निर्माणाधिन विमानस्थलको अनुगमन गरिरहेको जानकारी दिए।

“हवाई रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ, उनले भने , “शुरुमा पुरानो टर्मिनलबाट काम शुरु गर्छौ, काठमाडौँको विकल्पका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहनेछ ।”

मन्त्री अधिकारीले विमानस्थल निर्माण कार्यलाई तीव्रताकासाथ अगाडि बढाउन आवश्यक उपकरण थप्नुपर्ने अवस्था आए सरकारले उपकरणको व्यस्थापन गर्ने बताउँदै विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढिरहेको धारणा व्यक्त गरे ।

Lama collectio News Middle

यसअघि चैत २४ गते पनि उनलेले विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए ।

सो अवसरमा आयोजना प्रमुख इञ्जिनियर ओम शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिदैें रनवेको सव वेसको काम सकिएर बेस लेयरको काम भइरहेको अवगत गराए ।

वर्षातपछि रनवेको पिचको काम शुरु हुने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय टर्मिनल भवनकोे अन्तिम तल्लाको ढलाइ यसै हप्ताभित्र पूरा हुनेछ भने कन्ट्रोल टावर र प्रशासनिक भवनको काम आधा भन्दा बढिसकिएको छ भने ।

प्रमुख इञ्जिनियर शर्माका अनुसार, विमानस्थलमा दैनिक दुई सयजना मजदुरले काम गरिरहेका छन् । विमानस्थलको ७० प्रतिशत भौतिक संरचनामध्ये ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र ३० प्रतिशत बाँकी रहेको छ । विद्युतीय र मेसिनरीको कामको भौतिक संरचना पूरा हुने वित्तिकै बाँकी ३० प्रतिशत काम पनि पुरा हुनेछ ।

सन् २०१९ लाई अपरेशन वर्षको रुपमा लिएर काम भइरहेको आयोजनाले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop