
पाेखरा ।
वेगनास युवा क्लवको आयोजनामा गत माघ २० गते देखि सुरु भएको साप्ताहिक बृहत वेगनास सरसफाई अभियानको १४ औं हप्ता शनिबार सम्पन्न भएको छ।
यो हप्ताको अभियानमा बेगनास तालको माझिकुना भागमा सरसफाइ गरिएको क्लब अध्यक्ष राम रानाभाटले जानकारी दिए ।


कार्यक्रममा क्लबका युवाहरुसंगै बेगनास बस संचालक समिती अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, ईप्रका डाँडाकोनाकका सहायक प्रहरी निरीक्षक राम प्रसाद गौतम, सुन्दरी डाँडा इन्चार्ज कुल बहादुर सारु लगायतको उपस्थिती रहेको थियो।
सरसफाई अभियानका अभियन्ता तथा बेगनास युवा क्लब अध्यक्ष राम रानाभाटले युवा क्लबले जनचेतनाका लागि मात्र अभियान संचालन गरेको र सबैको सहयोगले मात्रै सरसफाई कार्यक्रम सफल हुने बताए ।
ताल वरपर स्थानीय तथा बल्छी खेल्नेहरुले गरेको फोहोरले भविष्यमा ताल कुरुप बनाउने पक्का छ। समयमा नै सम्बन्धित निकायले उचित कदम चाल्नु पर्ने देखिन्छ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।