www.tandavnews.com
Fact ~ In search of truth

‘साडी भन्दा कुर्था नै मन पर्छ’

१) कस्तो खालको कपडा बढी लगाउनुहुन्छ ?

प्राय आफूलाई सुहाउने खालको, अरुलाई पनि मन पर्नेखालको लगाउँछु । साडी भन्दा बढी कुर्था लगाउँछु र कमैमात्रामा टप्स लगाउँछु ।

२) कपडा किन्दा ब्रान्डेड च्वाइस कत्तिको गर्नुहुन्छ ?

Batas

कहिलेकाँही ब्रान्डपनि हेर्छु । विशेषगरी ब्रान्डभन्दा पनि आफूलाई मनपर्न प¥यो । हेर्दा ब्रान्ड भएर मलाई चित्त बुझेन भने किन्दिन । आफूलाई मन प¥यो भनेदेखि ब्रान्ड नहेरी रोज्ने गर्छु ।

अरुले लगाएको भन्दा फरक नजुधोस भन्ने लाग्छ । ब्रान्डलाई प्राइरोटी दिनुभन्दा आफ्नो मनलाई सन्तुष्टि हुनुप¥यो ।

३) मासिक कपडामा कत्ति खर्च गर्नुहुन्छ ?

मासिक रुपमा कपडा किन्दिन् । हरेक महिना कपडाको लागि बजेटिङ गरेको हुँदिन् । आफूलाई चाहिएको बेलामा किन्छु । एकदुई महिना ग्याप पनि हुन्छ । चाहिएको बेला १५–२० हजार सम्म पनि किन्ने गर्छु ।

४) आजसम्म सबैभन्दा महंगो लुगा कुन लगाउनुभएको छ ? त्यसको मूल्य कति ?

खासै महंगो कपडा किन्दिन । सस्तो कपडा किन्नीमा पर्छु । मलाई सुहाउने र फरक देखिने कपडा हुनुपर्छ । प्राय मेरो कपडा सस्तै हुन्छन् । अधिकत्तम भनेको ५ हजार नै होला ।

५) कपडा किन्न कोसँग कस्ता पसलहरु जानुहुन्छ ?

दिदी, साथीहरुसँग नै जान्छु । काठमाडौंमा छँदा प्रेरणा भन्ने पसलमा किन्थे । यहाँ पोखरा आएर सेल्वयसमा रहेको सितारामा गएर लिन्छु । धेरै पसल चार्हादिन् । एउटै पसलमा गयो भने मेरो च्वाइस अनुसारको कपडा ल्याइदिनुहुन्छ अनि सजिलो पनि हुन्छ ।

६) सानोमा छँदा तपाईले लगाएको मन पर्ने पहिरन ?

सानोमा बुबाले नै ल्याइदिनुहुन्थयो । त्यो बेला विभिन्न कपडाको नाम थियो । एउटा लेहेङ्गा टाइम स्टाइलको थियो, ‘मेरे प्यार किया’ भन्ने ड्रेसको नाम थियो ।

७) गर्मी समयमा कस्तो लुगा मन पर्छ ?

कटनको कपडा मन पर्छ । गर्मीमा सितलो हुने नपोल्नेखालको मन पर्छ । साडी भन्दा कुर्था नै मन पर्छ ।

८) तपाईलाई मन पर्ने कलर ?

प्राय सबै कलर मन पर्छ । आफूलाई सुहाउने कलर बढी कालो लाग्छ । यसबाहेक पिंक, ओरेन्ज, व्लू, ग्रिन पनि मन पर्छ ।

९) पहिलो पटक आफ्नै पैसाले किनेको कपडा ?

याद भएन । कपडा भन्दा पनि पहिलो कमाईले किताब किनेको थिए । कपडाको कुरा गर्दा जहाँसम्म लाग्छ, कुर्था किने होला ।

१०) पहिरनले कसरी व्यक्तित्व झल्काउँछ ?

अवश्य झल्काउँछ । किनभने हरेक मानिसको पहिरन अनुसार उसको व्यक्तित्वलाई जनाउँछ । कुनै मानिससँग बोल्नुभन्दा उसको पहिरन हेर्ने गर्छुै । त्यसैले कपडा स्टाइलदेखि लिएर, डिजाइन,कलर हरेक कुराले प्रभाव पार्छ ।

प्रस्तुति : सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.