www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय कराते टोलीद्धारा सहारा एकेडेमीको भ्रमण

पोखरा

एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् ।

उनीहरुलाई सहरा क्लबका अध्यक्ष थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए ।

Batas

कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे । उनले भने, हामीले सहाराको धेरै चर्चा सुनेका थियौं । आज यहि आउने अवसर मिल्यो ।सहाराको कामको हामी सबैले प्रशंसा गर्नुपर्दछ ।

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले दुई दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएकाले अन्य क्लबले त्यसबाट प्रेरणा लिनुपर्ने बताए ।

क्लबका अध्यक्ष थापाले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुले एकेडेमीको भ्रमण गर्दा एकेडेमीका खेलाडीको हौसला बढ्ने बताए । उनले एसियाडमा भाग लिने खेलाडीलाई क्लबका तर्फबाट सफलताको कामना गरेका थिए ।

हिरासिंह डंगोल र श्रेष्ठ प्रशिक्षक रहेको टोलीमा चञ्चला दनुवार, अनुअधिकारी, सुनिता महर्जन, रिता कार्की, परशुराम बास्तोला दिवस श्रेष्ठ र सोनाम लामा छन् ।

सोही अवसरमा हङकङ सहारा क्लबका सह कोषाध्यक्ष नवराज (प्रविण) गुरुङले एकेडेमीका खेलाडीका लागि फलफुल र चाउचाउ प्रदान गरेका थिए ।
,

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.