पोखरा
ताण्डव न्यूज ।
पोखराको महेन्द्रपुलमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर्सले जनताको स्वास्थ्यमा चरम खेलवाड गरेको छ ।
चिप्लेढुङा र महेन्द्र पुलमा रहेको सेलवेजले म्याद सकिएको सामग्री बेच्न राखेको पाइएको हो ।

म्याद सकिएको सामान बेचेर कमाउ धन्दामा लागेको सेलवेजले मूल्यमा पनि मनोमानी गरेको पाइयो ।
सोमबार जिल्ला प्रशासन कार्यालयबाट गएको अनुगमन टोलीले म्याद सकिएको सामाग्री जफत गरेको प्रशासन कार्यालयका सूचना अधिकृत राजेश पन्थीले बताए ।
‘हामीले म्याद सकिएका खाद्य वस्तु र एमआरपी मूल्य भन्द धेरै रकम लिएको फेला पारेका हौ,’ उनले भने, ‘म्याद सकिएका खाद्य वस्तु हामीले जफत गरेका छौं ।’
सेलवेजले १ लिटरको नोभा डेरी घ्यूको ११ वटा बट्टा, नोभाकै पोका घ्यूू २ वटा र ४ सय ग्रामको ११ वटा अचारको बट्टा बेच्न राखेको पाइएको थियो ।
नोभा डेरी घ्यूको बट्टा उत्पादन भएको मितिले ६ महिनासम्म उपयोग गर्न योग्य भनेर स्पष्ट लेखिएको छ ।
तर २०७४ साल ७ महिना २१ गते उत्पादन भएको घ्यू बेच्न राखिएको हो । अचारको बट्टामा पनि उत्पादन भएको मितिले २ बर्ष भित्र उपयोग गर्नु पर्ने भनेर उल्लेख गरिएको छ ।
जसको उत्पादन मिति २०१६ मात्र उल्लेख छ, हाल २०१८ जुन चलिरहेको छ । जस अनुसार सो बेच्न राखिएको सामानको ५ महिना म्याद गुज्रिएको छ ।
सम्बन्धीत व्यक्तिलाई अनुसन्धानको लागि बोलाएको अधिकृत पन्थीले बताए ।
‘कारवाही प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘बयान लिन बोलाएका छौं ।’ पन्थीले म्याद सकिएका ११ वटा बट्टा घ्यू र केही अचारहरु जफत गरिएको बताए । उनका अनुसार यस्तो परिस्थितीमा उपभोक्ता हित संरक्षण ऐन र कालो बजारी ऐन अन्तर्गत कारवाही हुन सक्छ ।
अन्य धेरै सामान म्याद सकिएको हुन सक्ने अनुगमन टोली मध्येका एक जनाले बताए ।
‘सबै हेरेर साध्य हुँदैन्,’ उनले भने, ‘यी त उदाहरण मात्र हुन्, म्याद सकिएका यस्तै धेरै समान हुन सक्ने अनुमान छ । केही सामानमा त अब एक दुई हप्ता मात्रको म्याद छ । फेरी अनुगमन गर्नु पर्छ ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.