www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश ४ को नीति तथा कार्यक्रम : उत्पादन वृद्धी, रोजगारी सृजना र गरिबी निवारणमा केन्द्रित (पुर्ण पाठ सहित)

पोखरा
ताण्डव न्यूज ।

प्रदेश ४ को सरकारले आगामी आर्थिक बर्ष २०७५/०७६ को बार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभाको आज बसेको बैठकमा पदेश प्रमुख बाबुराम कुँवरले सरकारको निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

निति तथा कार्यक्रमले उत्पादन वृद्धी गर्ने, रोजगारी सृजना र गरिबी निवारणका योजनालाई प्राथमिकता दिएको छ । यस्ता योजना ल्याउने निजी तथा सामुहिक समुहलाई पनि सहयोग गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

Batas

एक स्थानीय तह एक उत्पादन, स्थानीय तह र निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम स्थापना, भु–उपयोग निति ल्याउने, पुर्वाधार विकासका लागि भौतिक योजना बैँक स्थापना गरी प्राथकिताका आधारमा निर्माण गर्ने, सबै खालका सिण्डिकेट र मुल्य मिलेमतोको अन्त्य गर्ने, प्रदेश विश्वविद्यालयको स्थापना गर्ने निति कार्यक्रममा उल्लेख छ ।

यस्तै, प्रदेश राजधानी पोखराबाट नजिक रहेका शहरलाई स्याटेलाइट सिटीको रुपमा विस्तार गर्ने, सबै शहरलाई पुर्वाधार र प्रविधियुक्त बनाउने, पोखरामा एक हजार शैयाको अस्पताल निर्माण, सबै स्थानीय तहमा खेलकुद मैदान र अस्पताल निर्माण गर्ने, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी स्थानीय तहका स्वास्थ्य संस्थामा टेलिमेडिसियन सेवा संचालन गर्ने योजना पनि निति तथा कार्यक्रममा छ ।

यस्तै, प्रदेश स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने, प्रदेश प्रमुख स्वयंसेवा कार्यक्रम संचालन, सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, प्रदेश प्रहरी र अनुसन्धान ब्युरो स्थापना गर्ने भएको छ ।

प्रदेश सरकारको रेडियो र टेलिभिजन स्थापना, हेलो मुख्यमन्त्री कार्यक्रम, कालिगण्डकी र मस्र्याङ्दी उपत्यकामा आर्थिक करिडोरका संभाब्यता अध्ययन, पर्यटकीय पुर्वाधार निर्माण लगायतका योजना पनि निति तथा कार्यक्रमले समेटेका छन् ।

चालु आर्थिक बर्ष २०७४/०७५ को निति तथा कार्यक्रमलाई नै केन्द्रित गरेर आगामी आर्थिक बर्षको कार्यक्रम बनाइएको प्रदेश मुख्य सचिव लक्ष्मण अर्यालले जानकारी दिए । आगामी बर्षको निति तथा कार्यक्रममा पर्यटन, उर्जा, कृषि, पुर्वाधार विकास र औद्योगिक विकासमा केन्द्रित गरेको उनको भनाई छ ।

निति तथा कार्यक्रममा आगामी ५ बर्ष भित्र प्रदेश ४ मा रहेको गरिबी १४.२ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने, प्रदेशको प्रतिव्याक्ति आयलाई बार्षिक औसत ८ प्रतिशतले बृद्धि गर्ने, प्रतिव्यक्ति आय अमेरिकी डलर २५ सय पु¥याउने जस्ता दीर्घकालिन योजना पनि समेटिएका छन् ।

त्यस्तै प्रदेशका गौरवका आयोजनाका रुपमा कोरला–पोखरा, पोखरा–दुम्किबास द्रुत मार्ग निर्माण गर्ने, प्रदेशभित्र अन्तराष्ट्रिय सभागृह र बहुउपयोगी खेलमैदान निर्माण गर्ने, पोखरालाई केन्द्रमा राखी चक्रपथ निर्माण, ४ वर्षभित्र प्रदेशमा २० लाख पर्यटक भित्र्याउने, फेवाताल, बेगनास ताल र रुपाताललाई जोड्न मोनोरेल विकास गर्ने कामलाई समेत नीति तथा कार्यक्रममा समावेश छन् ।

हेर्नुहोस् प्रदेश ४ को निति तथा कार्यक्रमको पुर्ण पाठ

Download : http://www.p4ocmcm.gov.np/upload/news/1528453727_Final_of_Policy_New.pdf

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.