www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस महाधिवेशन छिट्टै गर्न माग

विराटनगर, जेठ (रासस)

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताएका छन् ।

Lama collectio News Middle

कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उनले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याए । उनले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

उनले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै तर मुलुकमा दण्डहीनता बढेको आरोप लगाए । प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको बताउँदै नेता डा कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

उनले सातै प्रदेशका लागि संघीय सरकारले कूल बजेटको नौ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने धारणा प्रकट गरे । पत्रकारको जिज्ञासामा उनले कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरंकुशता रसर्वसतावादतर्फ अग्रसर हुने सम्भावना व्यक्त गरे।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop