www.tandavnews.com
Fact ~ In search of truth

ट्रेड युनियन काँग्रेसको निर्वाचन प्रक्रिया शुरु

काठमाडौँ, (रासस)

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु भएको छ ।

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैँटौँ महाधिवेशनको आज निर्वाचन प्रक्रिया शुरु भएको हो ।

Batas

निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बिहान ७ बजेदेखि ८ः३० बजेसम्म उम्मेदवारी दर्ता र ११.३० बजेदेखि मतदान गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि बन्दसत्र र मतदाता नामावली विवादका कारण निर्वाचन आजसम्मका लागि रोकिएको हो ।

सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा १०० भन्दा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् । उक्त निर्वाचनमा देशभरबाट एक हजार ४२० मतदाताले मताधिकारको प्रयोग गर्ने ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.