www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा स्वयंसेवी रक्तदाताहरुको र्‍याली

पोखरा
ताण्डव न्यूज ।

पोखराका स्वयंसेवी रक्तदाताहरुले आज र्‍याली निकालेका छन् । “अरुको लागि पनि सेवाभाव जगाऔँ, रक्तदान गरौं, जीवन बाडौं” भन्ने मुल नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले र्‍यालीको आयोजना गरेको हो ।

Batas

१४ जुन अर्थात विश्व रक्तदाता दिवसको अवसरमा निकालिएको र्‍याली पोखराको मानवअधिकार चोक बाट सुरु भई चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, स्यामसुङ्ग गल्लि, न्यूरोडमा हुँदै पुन मानव अधिकार चोकमा गएर सम्पन्न भएको भियो।

र्‍यालीमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की, दाह्री ग्याङ्ग पोखरा र रोट्रयाक्ट क्लब अफ मणिपाल एमआरआर पोखराका बिभिन्न पदाधिकारी र सदस्यहरुको सहभागिता थियो।

 

रक्तदान के हो ? किन गरिन्छ ? र यसको फाईदा बारे जानकारी दिन र्‍यालीको आयोजना गरिएको आयोजकले जनाएका छन्।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.