पोखरा
ताण्डव न्यूज ।
पदको दुरुपयोग गर्दै एटिएमबाट निकालेको रकम अशुल उपर गरिएको ओम डेभलपमेन्ट बैंक लिले ताण्डव न्यूजलाई जानकारी दिएको छ ।
आईटि हेड अशोक गुरुङले रकम दुरुपयोग गरेको भन्दै बैकले तत्काल निलम्बन गरि दुरुपयोग गरेको रकम समेत जम्मा गरिसकिएको बैकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जनाएका छन् । साथै कार्यकारी अधिकारीले ग्राहकको निक्षेप सुरक्षित रहेको जानकारी दिएका छन् ।

असार ८ गते शुक्रबार ताण्डव न्यूजले ‘ओम डेभलपमेन्ट बैंकबाटै पैसा घोटाला’ शीर्षकको समाचार प्रकाशित गरेपछि बैंकले सो सम्बन्धमा रकमा हिनामिना गर्ने आईटि हेड गुरुङलाई तत्काल निलम्बन गरी थप अनुसन्धान पनि भईरहेको अधिकारीले बताए ।
गुरुङ माथि थप अनुसन्धान भईरहेको र विगत १ हप्ताको अनुसन्धानबाट गुरुङले कबुल गरेको भन्दा बढी रकम नभेटिएकोले हाललाई निलम्बन मात्र गरी थप अनुसन्धान गरिरहेको बैंकले जानकारी दिएको छ ।
अनुसन्धानको पूर्ण रिपोर्ट आएपछि बैंकको कर्मचारी विनियमावली अनुसार आवश्यक कारवाही गरिने समेत बैंकले जनाएको छ ।
यो पनि पढ्नुहोस्
ओम डेभलपमेन्ट बैंकबाटै पैसा घोटाला
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.