www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा मिस्टर नेपालको अडिसन

पोखरा
ताण्डव न्यूज ।

पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपालको अडिसन पोखरामा हुने भएको छ । असार २७ गते पोखरामा हुने अडिसनबारे मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले दिएका हुन् ।

एक्सपोज नेपालल सन् २००१ देखि सुरु गरेको यस प्रतियोगितामा देशका विभिन्न सहरबाट प्रतियोगिहरु छानिनेछन् । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिहरु अन्तिम प्रतिस्पर्धाकालागि सहभागी हुनेछन् ।

Batas

अडिसन मार्फत छानिएका सहभागीहरुलाई व्यक्तित्व विकास, स्वीमीङ, फुटबल, रक क्लाइमिबङ, मिाजसेवा, सर्ट हाइकिङ, पब्लिक स्पिकिङ लगायतका विषण्मा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

यस वर्ष मिस्टर नेपालमा ४ जना विजेता हुनेछन् । विजेताले मिस्टर वल्र्डको प्रतिनिधित्व गर्नेछन् भने फस्र्ट रनर अपले मिस्टर युनिभर्सल एम्बेस्डर, दोश्रोले मेन अफ दि इयर र तेश्रोले मिस्टर नेशनल युनिभर्सको प्रतिनिधित्व गर्ने आयोजक एक्सपोज नेपालकी सिइओ अर्चना थापाले बताइन् ।

सहभागी हुन इच्छुक पोखरेली युवाले आवेदनका लागि सभागृहमा अवस्थित मिडटाउनको आडमा रहेको परिचय एडभर्टाइजिङको कार्यलयमा सम्पर्क गर्न सक्नेछन् । अवेदन शुल्क १ हजार राखिएको थापाले सुनाइन् ।

तस्बिर : अशोक बस्नेत

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.