काठमाडौँ (रासस)
जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदैछ ।
भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय हुनुभएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा परी निधन भएको थियो ।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.