www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

विश्वकप हेर्न कास्की एन्फा टोली रसिया प्रस्थान

hima aus

पोखरा।

रसियामा जारी विश्वकप २०१८ हेर्न कास्की फुटबल संघ (एन्फा) को टोली बिहिबार पोखरा बाट त्यस तर्फ प्रस्थान गरेको छ ।

रसिया जाने टोलीमा कास्की एन्फाका अध्यक्ष मिलन गुरुङ सहित १० दश जना रहेका छन । नेपाल खेलकुद पत्रकार मंच कास्की जिल्लाका सदस्य सुरज श्रेष्ठ र पूर्व अध्यक्ष बिनोद लामिछाने पनि टोलीमा रहेका छन ।

त्यसै गरि विश्वकप हेर्न जाने टोलीमा एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकार महासचिब रमेश कार्की र सदस्य शुवाष गुरुङ तथा अन्य फुटबल प्रेमीहरुमा काशी बसेल, प्रकाश गुरुङ, हिमाल गुरुङ, गम बहादुर गुरुङ र सक्षम श्रेष्ठ रहेका छन ।

classic tech

विश्वकप हेर्न पहिलो पटक आधिकारिक रुपमा जान लागेको टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, एन्फा कास्कीका उपाध्यक्ष इश्वर गुरुङ (चन्द्र), एन्फा कास्कीका सदस्य नर गुरुङ र नरेश गुरुङले बिदाइ गरेका थिए ।

केन्द्रिय एन्फामा नयाँ नेतृत्व परिवर्तन भए संगै फुटबलको महाकुम्भ हेर्ने यस्तो अबसर पहिलो पटक प्राप्त भएको कास्की एन्फाका अध्यक्ष मिलनले बताए । यो अबसरले कास्कीमा फुटबल बिकासमा लाग्नेहरुका लागि ठूलो हौसला समेत मिलेको उनले बताए ।

कास्की एन्फाको टोली शुक्रबार काठमाडौ दोहा हुँदै मस्को पुग्ने कार्यक्रम तय भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...