www.tandavnews.com
Fact ~ In search of truth

रियल स्टोरी बेस फिल्म ‘बोबी’ २९ गतेदेखि

पोखरा
ताण्डव न्यूज ।

वास्तविक घटनामा आधारीत रहेको भनिएको फिल्म ‘बोबी’ असार २९ देखि देशभर प्रदर्शनमा आउने भएको छ । प्रोमोशनका लागि पोखरा आएको फिल्म यूनिटले पत्रकार सम्मेलन मार्फत बोबी प्रदर्शनबारे जानकारी दिएको हो

कविता गुरुङ र उमेश थापाको वास्तविक घटनालाई पर्दामा उतारिएको जनाइएको छ ।

Batas

पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक मिलन चाम्सले पोखराका कविता र उमेशको रियल स्टोरी पर्दामा उतारिएको बताए ।

उनले भने ‘पोखराको कथा भएकाले पोखरेलीहरुले मन जित्ने आशा छ ।’ नेपाली फिल्म इन्डस्ट्रीमा ‘बोबी’ नौलो एक्सपेरिमेन्ट रहेको उनको भनाई थियो ।

फिल्ममा अन्तरजातिय प्रेम संघर्ष लाई फिल्ममा देखाइएको छ । थापाले आफ्नो २० बर्ष पहिलेको वास्तविक कथालाई फिल्ममा उतार्न पाउँदा खुसी रहेको बताए ।

चलचित्रमा पोखरासंगै ललितपुर र नर्वेको दृश्यलाई समेटिएको छ ।

निर्दशक चाम्सका अनुसार हलमा गएर फिल्म हेर्ने दर्शकमध्ये गोलाप्राथा गरि १ जोडिलाई बोबी संगै पोखरा हँुदै नर्वेको एक हप्ते यात्रा उपहार रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.